राजविराज । सप्तरीमा आगाे ताप्दा घाइते भएकी एक महिलाकाे उपचारका क्रममा आगोले पोलि उपचारको मृत्यु भएको छ ।
३ माघको राती ७ बजे अग्निसाईर कृष्णसावरण गापा ३ मटिगढा बस्ने बन्दीलाल भगतको ५० बर्षकी द्रोपती भगत आफनै घर पछाडि दक्षीण पट्टि बाटोमा बालेको घुर तापने क्रममा लगाएको साडिमा आगो सलकी घाइते भएकी थिइन् ।
छाति देखी मुनि सम्म पोली घाईते भएकी उनलाई तत्कालै गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याई समान्य उपचार पश्चात थप उपचारको लागी धरान घोपा क्याम्प लगिएको थियो । उनी ४ माघमा डिस्चार्ज भई साबिक घर खडक नपा ११ बनौली फर्केकी थिइन ।घर फर्किएपछि ६ फागुनमा पुन: अवस्था बिग्रेपछि स्थानीय अस्पतालमा उपचार गराई थप उपचारको लागि मिति ९ फागुनमा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा उपचारकै क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।