ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव


समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव

Loading

राजविराज । मधेश प्रदेशका शिक्षा, विज्ञान प्रविधी तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै गएको बताएका छन् । बिकृति, विसंगति बढ्दै जानु चिन्ताको बिषय भएको उनको भनाई छ ।

सप्तरी सामुदायिक केन्द्रको पाँचौ साधारणसभालाई शनिबार राजविराजमा उद्घाटन गर्दै मन्त्री यादवले युवाहरु दुव्र्यसनीको बाटोमा हिंडिरहेको चोरी जस्ता समस्या बढिरहेको बताए । उनले समाज साक्षर नभएसम्म विकृति बढिनै रहने बताए ।

जिम्मेबार अभिभावकले आफ्नो परिवारबाटै यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड् दिदैं उनले आ–आफ्ना बालबालिकालाई शिक्षा दिनुपर्ने बताए । उनले घर अगाडि नै सामुदायिक विद्यालय भएपनि कतिपय अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय नपठाइरहेको बताउँदै भने, ‘शिक्षामा अझै आकर्षण बढेको अवस्था छैन् ।’

उनले सदरमुकाम राजविराजको विकासका निम्ति विज्ञ बनाएर योजना तयार गर्न कार्यबाहक मेयरसहित वडाअध्यक्षहरुलाई आग्रह गरेपनि ध्यान नदिएको गुनासो गरे ।

मन्त्री यादवले बिभिन्न आपत विपतको समयमा सप्तरी सामुदायिक सेवा केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरे ।

जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहले एकले अर्कालाई सहयोग नगेसम्म समाज चल्न नसक्ने भएकाले सबैले सेवाको भावना राख्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले समाजमा देखापरेको विकृति, विसंगतिलाई रोक्न सबैले सहयोग गर्नुपर्ने बताए ।

राजविराजको विकास निर्माणमा एकदमै सुस्तता रहेको भन्दै उनले समस्या हटाएर कसरी राम्रो बनाउनेतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, इन्सेक प्रतिनिधी मनोहर पोखरेल, प्याव्सन अध्यक्ष अरुण देव, महिला अधिकारकर्मी अनिता देबकोटा, मिलाफकी अध्यक्ष रमिला साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन सेवा केन्द्रका सचिव संजय शर्माले गरेका थिए भने सल्लाहकार थानसिंह भन्सालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

Next Post

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सम्पादकीय : व्यवसायीको पीडा सम्बोधन होस्

वैदेशिक रोजगारीबाट फर्केकाले अब २ वटा मोबाइल ल्याउन पाउने

वैदेशिक रोजगारीबाट फर्केकाले अब २ वटा मोबाइल ल्याउन पाउने

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

सिके राउतले दुल्हादुल्ही र विवाहसँग विश्लेषण गर्दै गरे विकासको चर्चा

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी : यसअघि निवेदन दिएका मिटरव्याज पीडितहरुलाई पुनः निवेदन दिनुपर्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.