ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, August 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिके राउतले दुल्हादुल्ही र विवाहसँग विश्लेषण गर्दै गरे विकासको चर्चा

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

Loading

राजविराज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विवाह र भोजभतेरको उदाहरणलाई विकाससँग विश्लेषण गर्दै मंगलबार प्रतिनिधीसभामा आफ्नो धारणा राखेका छन् ।

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भइरहेको छलफलमा बोल्दै सप्तरी–२ का प्रतिनिधी सभा सदस्य रहेका राउतले विकास भनेकै ठूला भवन, फराकिला सडक र विमानस्थल भनेर बुझ्न नहुने बताए । उनले यसरी नै बुझ्दा अर्थतन्त्रको हविगत भएको सुनाए ।

विवाहमा दुल्हादुल्हीको मन हेर्नुपर्नेमा हामी भोजभतेरतिर लागेजस्तै अहिलेको विकास भएको उनको भनाई छ । ‘विवाहमा दुल्हा दुल्हीको मन मिलेको हेर्नुपर्छ, तर हामी ठूलो तामझाम गर्छौं’ उनले भने, ‘ऋणै गरेर भएपनि सुन किन्छौं । भोजभतेर गर्छौं । हाम्रो अर्थतन्त्र पनि यस्तै भएको छ ।’

सरकार ठूल्ठूला भवन, चौडा सडक, विमानस्थललाई विकासको मानक मान्नु गलत रहेको बताउँदै उनले एयरट्राफिक नै नपुग्ने विमानस्थल निर्माण गरे पनि तलब नपाएर प्रहरीहरू रुनु परेको बताए । ‘हामीले एयर ट्राफिक नै नपुग्ने विमानस्थल बनाइरहेका छौं । तर प्रहरीले तलब नपाएर रुनु परेको छ । स्वास्थ्य सेवा दिन पाइरहेका छैनौं । तर डाँडाडाँडामा भ्युटावर बनाइरहेका छौं’ उनले थपे, ‘सडकमा प्रतिघन्टा सय वटा गाडी गुड्दैन । तर प्रत्येक सडक चार लेन र छ लेन बनाउनुपर्छ भनेर लहैलहैमा लागेका छौं ।’

उनले अर्थमन्त्रीलाई आगामी बजेट मानव केन्द्रित बनाउन आग्रह गरे । कोही पनि भोकै नहोस्, कोही पनि स्वास्थ्य सेवाबाट वञ्जित नहोस्, कोही पनि सामाजिक सुरक्षाबाट वञ्चित हुन नपरोस् त्यस किसिमको बजेट बनाउन उनले अर्थ मन्त्रीसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

वैदेशिक रोजगारीबाट फर्केकाले अब २ वटा मोबाइल ल्याउन पाउने

Next Post

सप्तरी : यसअघि निवेदन दिएका मिटरव्याज पीडितहरुलाई पुनः निवेदन दिनुपर्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी : यसअघि निवेदन दिएका मिटरव्याज पीडितहरुलाई पुनः निवेदन दिनुपर्ने

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

मामाघरमा बालिकाले खाइन बिष, धरानमा भयो मृत्यु

५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

बालिका बलात्कार गर्नेलाई १८ बर्ष कैद, ७ लाख जरिवाना

गाउँपालिका राष्ट्रिय महासंघको कार्यसम्पादन समितिमा मनोनित भए छिन्नमस्ताका अध्यक्ष चौधरी

गाउँपालिका राष्ट्रिय महासंघको कार्यसम्पादन समितिमा मनोनित भए छिन्नमस्ताका अध्यक्ष चौधरी

मिटर व्याज पीडितलाई निवेदन दिने समय थपियो 

मिटर व्याज पीडितलाई निवेदन दिने समय थपियो 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.