राजविराज । १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै सप्तरीका एक युवकलाई १८ वर्ष कैद सजाय तोकिएको छ ।
राजविराज नगरपालिका वडा नम्बर १२ विषहरिया निवासी २१ बर्षीय कलदीपकुुमार खंगलाई जिल्ला अदालतले १८ वर्ष कैद सजाय निर्धारण गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले खंगलाई रु सात लाख जरिवाना तिर्नुपर्ने र रु एक लाख ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ ।
१ मंसिर २०७९ को राति युवकले ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरी भागी फरार भएको पीडितले बताएकी थिइन् ।
सोही आधारमा पीडितको परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी परेपछि प्रहरीले आरोपितलाई २० मंसिरमा पक्राउ गरेको थियो ।
आरोपित यसअघि नै १८ पुसदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।