ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन


हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

Loading

विनय कर्ण

राजविराज, ८ असार । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ स्थित मधवापुर मैदान बिहीबार दर्शकले खचाखच भरिएको थियो । तर, त्यहाँ सधै झैं भईरहने कुनै नियमित हुँदै आएका खेल भने भईरहेको थिएनन् ।

मैदानमा मेची देखि महाकाली सम्मका ३२ जिल्लाबाट आएका ६८ जना युवाहरुको स्वयंसेवक दस्ताले युद्ध कौशल, दण्ड, व्याम र खेल प्रदर्शन गरिरहेका थिए । त्यही दृष्य अवलोकन गर्न आएका थिए सैयौं दर्शक । त्यहाँको दृष्य पनि सेना प्रहरीले खेल्ने परेड जस्तै देखिन्थ्यो ।

विश्व हिन्दु स्वयंसेवक संघ नेपालले संघ शिक्षा वर्ग प्रथम बर्ष २०८० अन्तर्गत १२० जना युवाहरुलाई युद्ध, दण्ड र व्याम संगै व्यत्तित्व निर्माण सहितका विषयमा मधवापुरमै २० दिनको प्रशिक्षण दिएर स्वयंसेवक दस्ता तयार पारि समापन समारोहको आयोजना गरेर उनीहरुले सिकेका काला कौशल प्रदर्शन गर्न लगाएका हुन् ।

समापन समारोहका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नवल किशोर साहले भरखरका युवाहरुले २० दिनको प्रशिक्षणमा प्राप्त गरेको दण्ड, युद्ध कौशल देखि व्यत्तित्व निर्माण सम्मको शिक्षाले उनीहरुको जिवनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

उनले ३२ जिल्लाबाट आएर १२० जना युवाहरु कठोर मिहनेत गरेर छोटो समयमा सिकेको ज्ञान सीप प्रत्यक्ष रुपमा हेर्न पाउँदा आफूलाई खुशी लागेको बताए । “आफ्नो निर्वाचन क्षेत्रमा यस्तो उपलब्धिमूलक कार्यक्रमको आयोजना गर्ने विश्व हिन्दु स्वयंसेवक संघ नेपाल प्रति आभार र धन्यावद ज्ञापन गर्दछु” साहले भने ।

यस्तै राष्ट्रिय स्वयंसेवक संघ भारतका संघ प्रचारक आलोकले आफू मिथिलाको पावन भूमीमा पहिलो पटक आएको र यहाँको पवित्र भूमीमा स्वयंसेवकहरुले प्रशिक्षण लिएर संघको प्रचारक बन्नु गौरवको विषय भएको बताए । उनले हिन्दु धर्म दर्शनमा उपचार देखि युद्ध सम्म र व्यक्तित्व निर्माण देखि पृथ्वीमा भएको सबै चराचरको रक्षासम्मको कुरा उल्लेख रहेको बताउँदै प्रशिक्षण प्राप्त गरेका युवाहरुलाई सकारात्मक काममा लाग्नुका साथै समाजलाई सकारात्मक दिशामा अगाडी बढाउने काममा लाग्न आग्रह गरे ।

हिन्दु स्वयंसेवक संघ धनकुट्टाका विश्वनाथ दहालले स्वयंसेवक संघले प्रत्येक बर्ष देशको विभिन्न स्थानमा यस्तो कार्यक्रमलाई निरन्तरता दिदै आएको जानकारी दिए । उनले युवाहरुलाई प्रशिक्षण दिएर स्वयंसेवक र प्रचारक बनाई विश्वका सबै मानव जातिको र क्षाका लागि काम भईरहेको बताए । “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः संघको मूल उद्देश्य रहेको छ । हामी हिन्दुका लागि मात्र नभई विश्वका सबै मानव जातिको पक्षमा काम गरिरहेका छौं” दहालले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

Next Post

इनारभित्र व्यक्ति मृत भेटिए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

इनारभित्र व्यक्ति मृत भेटिए

विहे गरेर भित्र्याएको दुलही पुरुष भएको खुल्यो, स्थानीय अचम्भित

विहे गरेर भित्र्याएको दुलही पुरुष भएको खुल्यो, स्थानीय अचम्भित

१३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर कानुनी बिवाह

१३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर कानुनी बिवाह

रक्तश्रावसँगै ६ महिनामै जन्मियाे बच्चा, यूनिकमा जीवनदान

रक्तश्रावसँगै ६ महिनामै जन्मियाे बच्चा, यूनिकमा जीवनदान

सिंचाईको समस्या समाधान गर्ने हैसियत प्रदेश सरकारको छैन ः कार्यबाहक मुख्यमन्त्री

सिंचाईको समस्या समाधान गर्ने हैसियत प्रदेश सरकारको छैन ः कार्यबाहक मुख्यमन्त्री

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...