ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सार्वजनिक र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्र


सार्वजनिक र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्र

Loading

काठमाडौं । यातायात सुधार सुझाव कार्यदलले सार्वजनिक सवारी र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्रको व्यवस्था गर्न सुझाव दिएको छ । यातायात सुधार सुझाव कार्यदलले सार्वजनिक सवारी र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्रको आवश्यकता रहेको भन्दै त्यस सम्बन्धी आवश्यक व्यवस्था गर्न सुझाव दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार अन्तिम चरणमा रहेको सवारी तथा यातायात ऐन संशोधन विधेयक मस्यौदामा नै यो व्यवस्था समेटिएको छ ।

पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको सात सदस्यीय कार्यदलले हालै मात्र सरकारलाई आफ्नो सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सार्वजनिक सवारी चलाउनका लागि व्यावसायिक सवारी चालक अनुमतिपत्र र अन्य प्रकारका सवारी चलाउनका लागि साधारण अर्थात् गैर व्यावसायिक सवारी चालक अनुमतिपत्रको व्यवस्थाको परिकल्पना गरेको छ ।

दुवै प्रकारको सवारी चालक अनुमतिपत्रका लागि फरक परीक्षा प्रणाली र नवीकरण प्रणालीको लक्ष्य लिइएको छ । सवारीका भौतिक संरचना तथा प्रणालीहरू सम्बन्धी व्यवहारिक ज्ञान, सवारीमा उत्पन्न हुन सक्ने मुख्य खराबी पहिचान तथा मर्मत सम्भार गर्न सक्ने प्रयोगात्मक सीप, सार्वजनिक यातायात सम्बन्धी कानूनी प्रावधानहरू, यात्रु, रोजगारदाता अन्य सडक प्रयोगकर्ताहरूसँग गर्नुपर्ने व्यवहार तथा उनीहरू प्रतिको कर्तव्य सम्बन्धी ज्ञान सार्वजनिक सवारीका चालकहरूसँग पर्याप्त नभएको भन्दै सार्वजनिक यातायातलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन यस किसिमको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

हाल बस तथा ट्रक जस्ता सार्वजनिक सवारी चलाउने अनुमतिपत्रको लागि निवेदन दिन साना तथा मझौला सवारी चलाउने अनुमतिपत्र प्राप्त गरेको केही समय भएको हुनुपर्ने बाहेक अन्य कुनै विशेष व्यवस्था छैन । सार्वजनिक सवारीको चालक अनुमतिपत्र नवीकरणका लागि समेत विशेष व्यवस्था नभएको र सबै अनुमतिपत्रको बहाल अवधि समेत समान हुँदा सार्वजनिक सवारी चालकको आवधिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाको आवधिक मूल्याङ्कन गर्न नसकिने अवस्था छ ।

आवश्यक ज्ञान तथा सीप सहितका सवारी चालकहरूबाट सार्वजनिक यातायात सञ्चालन गर्न गराउन सार्वजनिक यातायातका सवारी चालकका लागि व्यावसायिक सवारी चालक अनुमतिपत्र तथा अन्य सवारी चालकका लागि साधारण अर्थात् गैर व्यावसायिक सवारी चालक अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ । यस्तोमा सार्वजनिक सवारी व्यावसायिक सवारी चालक अनुमतिपत्र वाहकले मात्र चलाउन पाउने र त्यस्तो सवारी चलाउँदा चालकले अनिवार्य रूपमा तोकिए अनुसारको पोसाक लगाउनु पर्ने र परिचयपत्रको समेत व्यवस्था गर्नुपर्ने बताइएको छ ।

त्यस्तै व्यावसायिक चालक अनुमतिपत्र सम्बन्धी विशेष तालिम लिएको व्यक्तिले मात्र व्यावसायिक सवारी चालक अनुमतिपत्रको लागि आवेदन दिन पाउने व्यवस्था गर्न समेत भनिएको छ । सवारी चालक अनुमतिपत्रको बहाल अवधि १० वर्ष हुने हुने भए पनि व्यावसायिक सवारी चालक अनुमतिपत्र वाहकले प्रत्येक वर्ष स्वास्थ्य चेकजाँच गर्नुपर्ने, अयोग्य देखिएमा सो अवधिभर निलम्बन गर्ने व्यवस्था समेत प्रस्तावित छ ।

शारीरिक तथा मानसिक स्वास्थ्य अवस्था, ट्राफिक नियम उलङ्घन सम्बन्धी अभिलेख, मादक वा लागू पदार्थ सेवन सम्बन्धी दुर्व्यसन, आपराधिक एवम् गैरसामाजिक क्रियाकलापमा संलग्नताको अभिलेख पनि मूल्याङ्कन गर्दा उपयुक्त नदेखिएको व्यक्तिलाई व्यावसायिक सवारी चालक अनुमतिपत्र नदिने तथा नवीकरण नगर्ने व्यवस्था गर्ने बताइएको छ ।

यो व्यवस्थाका लागि सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीहरूमा गैरव्यावसायिक र व्यावसायिक सवारी चालक अनुमतिपत्रको व्यवस्था तथा ती अनुमतिपत्र जारी र नवीकरण गर्ने अलग अलग प्रणाली सम्बन्धी व्यवस्था गर्नुपर्ने हुन्छ ।

साथै त्यसको उचित कार्यान्वयनका लागि चालक अनुमतिपत्रमा डिजिटल रिडेबल कोड राख्ने र सबै प्रकारका अभिलेख यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालय अन्तर्गत रहने कुरा सुनिश्चित गर्न समेत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश सरकारहरूलाई सुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

किर्ते जन्मदर्ता प्रकरण : पक्राउ परेका पुर्पक्षका लागि थुनामा 

Next Post

साइबर अपराधका सात महिनामा १३ हजार तीन सय ३० उजुरी

Shailendra Singh

Shailendra Singh

Next Post
साइबर अपराधका सात महिनामा १३ हजार तीन सय ३० उजुरी

साइबर अपराधका सात महिनामा १३ हजार तीन सय ३० उजुरी

कृषि विश्वविद्यालयको खुल्यो ताला, समन्वय र सहकार्य गर्ने निर्णय

कृषि विश्वविद्यालयको खुल्यो ताला, समन्वय र सहकार्य गर्ने निर्णय

क्यानाडाबिरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल विजयी, कप्तानले लिए ४ विकेट

क्यानाडाबिरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल विजयी, कप्तानले लिए ४ विकेट

स्वतन्त्र प्रदेश सभा सदस्य जसपामा प्रवेश

स्वतन्त्र प्रदेश सभा सदस्य जसपामा प्रवेश

नेपालले जित्याे क्यानडासँगकाे एकदिवसीय क्रिकेटकाे उपाधि

नेपालले जित्याे क्यानडासँगकाे एकदिवसीय क्रिकेटकाे उपाधि

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.