ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, July 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

किर्ते जन्मदर्ता प्रकरण : पक्राउ परेका पुर्पक्षका लागि थुनामा 


दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

Loading

राजविराज । कम उमेरकी बालिकाको बढी उमेर देखाएर जन्म दर्ता बनाइदिने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका थप एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

गत आइतबार पक्राउ परेका बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ का मनोज रामलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । रामलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार गाउँबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई अदालतमा पेश गर्दा पुर्पक्षका लागि कारागार चलान गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।

अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले रामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

रामसहितका आठ जना मिलेर कम उमेरकी आफ्नी छोरीको बढी उमेर देखाएर जन्मदर्ता बनाएको भन्दै अग्निसाइर कृष्णासवरण गाउँपालिकाका वडा नम्बर ४ का ललित इसरले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा प्रहरीले किर्ते मुद्दा चलाएको थियो ।

सोही मुद्दामा अग्निसाइर कृष्णसवरण गाउँपालिकाका वडा नम्बर ४ का सचिव रमेश घिमिरे र कार्यालय सहयोगी देबकान्त चौधरीलाई सप्तरी जिल्ला अदालतले २२ पुसमै पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

ललितले सचिव घिमिरे, कार्यालय सहयोगी चौधरी, कम्प्युटर अपरेटर सुनिता चौधरी, किर्ते जन्म दर्ता बनाउन आउने बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ का नारायण राम, शिबु राम, जितु राम, मनोज राम र अशोक रामबिरुद्ध जाहेरी दिएका थिए ।

अन्य व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

यस्तो थियो प्रकरण

ललित इसरले आफ्नी १३ बर्षकी छोरी बविताको किर्ते जन्म दर्ता बनाएर २१ बर्षीय युवकले विवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । छोरीको उमेर २१ बर्ष देखाई युवकले विवाह गरेको उनले बताएका थिए ।

जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ बस्ने मनोज कुमार रामले बवितासँग किर्ते जन्म दर्ता बनाएर कपिलवस्तु जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका थिए ।

रामले २१ बर्ष उमेर देखाउँदै बवितासँग विवाह गरेको दावी गरिरहँदा अग्निसाइर कृष्णसवरण गाउँपालिकामा यसअघि गरिएको उनको जन्म दर्ता अनुसार बविताको उमेर १३ बर्ष २ महिना १५ दिन मात्रै देखिएको थियो ।

रामले बविताको जन्म २०५८ साल जेठ ११ गते भएको भन्दै जन्म दर्ता बनाएका थिए । यो अनुसार उनको उमेर २१ बर्ष पुग्छ । तर, वडा कार्यालयको रेकर्डमा बविताको जन्म २०६७ साल बैशाख २४ गते भएको भन्दै जन्मदर्ता दिइएको छ । वडा कार्यालयले २०७५ साल बैशाख २५ गते बवितालाई यो जन्म दर्ता दिइएको ललितले जाहेरीमा उल्लेख गरेका थिए ।

‘बविताका पिता ललित कुमार इसर र आमा सावित्राको २०६३ साल जेठ १२ गते विवाह भएको तर किर्ते गरी बनाइएको नक्कली जन्म दर्तामा बविताको जन्म २०५८ साल जेठ ११ गते नै उल्लेख गरिएको छ’ ललितले भने ।

वडा कार्यालयको जन्म दर्ता सम्बन्धी ढ्ढा (पुरानो रजिष्टर) मा बविताको नाम उल्लेख गरी अर्काे जन्म दर्ता दिइएको पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सडक दुर्घटनामा दुुई सय ५५ जनाको मृत्यु

Next Post

सार्वजनिक र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्र

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सार्वजनिक र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्र

सार्वजनिक र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्र

साइबर अपराधका सात महिनामा १३ हजार तीन सय ३० उजुरी

साइबर अपराधका सात महिनामा १३ हजार तीन सय ३० उजुरी

कृषि विश्वविद्यालयको खुल्यो ताला, समन्वय र सहकार्य गर्ने निर्णय

कृषि विश्वविद्यालयको खुल्यो ताला, समन्वय र सहकार्य गर्ने निर्णय

क्यानाडाबिरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल विजयी, कप्तानले लिए ४ विकेट

क्यानाडाबिरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल विजयी, कप्तानले लिए ४ विकेट

स्वतन्त्र प्रदेश सभा सदस्य जसपामा प्रवेश

स्वतन्त्र प्रदेश सभा सदस्य जसपामा प्रवेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.