ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

Loading

राजविराज । सप्तरीका स्थानीय तहहरुले आ–आफ्नो पालिकामा रहेका दमकल २४ घण्टा नै चालकसहित संचालन गर्न सक्ने अवस्थामा राख्ने र आगलागीका घट्नामा प्रतिकार्यमा जुट्ने निर्णय भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । विपद्को समयमा दमकल तथा एम्बुलेन्स जस्ता सबारीसाधन उद्धार गर्ने स्थलसम्म पुग्ने बाटो नभएमा ठूलो जनधनको क्षति हुन सक्ने भएकाले सो बाटोलाई स्थानीय तह स्वयंवले वा सम्बन्धित सडक आयोजना कार्यालयले सबारीसाधन जाने योग्य बाटो निर्माण गर्ने व्यवस्था समयमै मिलाउने निर्णय बैठकले गरेको छ ।

बैठकले आगलागी तथा हाबाहुरीजस्ता विपद्को घट्ना हुन नदिन तथा न्यूनिकरण गर्न आवश्यक्ता अनुसार प्रतिकार्य योजना तयार गरी स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय लगायत अन्य सरोकारबालाले पूर्व तयारीका कार्यहरु गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, स्थानीय तहहरुले विपद्जन्य घट्ना आगलागी, हाबाहुरीको प्रतिकार्यको लागि समन्वयात्मक रुपमा परिचालित हुने तथा जिल्ला विपद र स्थानीय विपद् समितिबीच सूचना आदानप्रदान गर्ने, जिल्ला व्यवस्थापन समिति तथा जिल्लास्थित सुरक्षा निकायको संयुक्त आयोजनामा स्थानीय तह तथा सरोकारबालाहरुको सहकार्यमा आगामी चैत १५ गते आगलागीजन्य विपद् सम्बन्धी कृत्रिम घट्ना अभ्यास तथा सो सम्बन्धी जनचेतनामूलक प्रदर्शनी संचालन गर्ने निर्णय भएको विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

उनका अनुसार बैठकले विपद् प्रतिकार्यका लागि आवश्यक राहत तथा उद्धारका सामग्रीको मौजुदा विवरण तयार गरी पठाउने, आगलागी, हाबाहुरी तथा चट्याङ तथा विपद्बाट घट्ना हुन नदिन रेडक्रस सोसाइटी र जिल्लास्थित गैर सरकारी संस्थाले समन्वयात्मक रुपमा सचेतनामूलक सामग्रीहरु राष्ट्रिय र स्थानीय भाषामा बिभिन्न संचार माध्यमबाट प्रशारण गर्न व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ ।

स्थानीय तहमा विपद् प्रतिकार्यका लागि स्वयंसेवक तयार गर्न जिल्ला विपद् व्यवस्थापन समिति मार्फत् स्थानीय तहसँगको सहकार्यमा इच्छुक प्रशिक्षार्थीलाई नेपाली सेना मार्फत् प्रशिक्षण संचालन गर्ने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

Next Post

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

सप्तरीबाट अख्तियारमा उजुरीको संख्या बढ्दै, कुन पालिकाबाट कति ?

सप्तरीबाट अख्तियारमा उजुरीको संख्या बढ्दै, कुन पालिकाबाट कति ?

पालिका प्रमुखहरुको अख्तियार समक्ष तर्क–बदनियतपूर्ण उजुरी दिनेलाई कार्वाही हुँदैन ?

पालिका प्रमुखहरुको अख्तियार समक्ष तर्क–बदनियतपूर्ण उजुरी दिनेलाई कार्वाही हुँदैन ?

राजविराजमा फेसन शो हुने

राजविराजमा फेसन शो हुने

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.