ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छिन्नमस्ता मन्दिर : श्रद्धालुलाई निर्धारित समयभित्रै दर्शन गर्ने व्यवस्था मिलाइने


छिन्नमस्ता मन्दिर : श्रद्धालुलाई निर्धारित समयभित्रै दर्शन गर्ने व्यवस्था मिलाइने

Loading

राजविराज । मुलुककै प्रसिद्ध सप्तरीको छिन्नमस्तास्थित सखडा भगवती मन्दिरमा दर्शनका लागि आउने श्रद्धालुलाई निर्धारित समयभित्रै दर्शन गर्ने व्यवस्था मिलाइने भएको छ ।

बडादशैंमा यो मन्दिरमा व्याप्क भींड हुने गर्दछ । खासगरी फुलपातीको दिनदेखि टिकाको दिनसम्म हजारौं श्रद्धालु यहाँ दर्शन र पूजापाठका लागि आउने गर्छन् ।

श्रद्धालुको भींड व्यवस्थापन गरी निर्धारित समयभित्रै दर्शन गर्ने व्यवस्था मिलाउने सरोकारबालाबीच शनिबार निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधी, बिभिन्न संघ–संस्थाका प्रतिनिधीबीच भएको छलफलले यस्तो निर्णय गरेको छ । दर्शनार्थीलाई निर्धारित समयभित्रै दर्शन गर्ने व्यवस्था सुरक्षा निकायले मिलाउनेछ ।

मन्दिर समितिको समन्वयमा सुरक्षा निकायहरु परिचालन भई प्रभावकारी रुपमा सुरक्षा व्यवस्था मिलाउने, सडक डिभिजन कार्यालयले सडक मर्मत गरी सहज आवागमनको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

यस्तै, रेडक्रस, स्वास्थ्य कार्यालय र छिन्नमस्ता गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा संयुक्त रुपमा स्वास्थ्य शिबिर राख्ने, मानवीय स्वास्थ्य प्रतिकुल हुने फोहोरको सरसफाई गर्दै एम्बुलेन्स संचालन गर्ने निर्णय पनि गरिएको छ ।

मन्दिर समितिको समन्वय तथा सहकार्यमा मन्दिरदेखि भिंडभाड हुने स्थानमा ट्राफिक प्रहरी खटाइने, मेलाको समयमा अनावश्यक रुपमा हुने रकम संकलन कार्यलाई स्थानीय तह र मन्दिर समितिको समन्वयमा सुरक्षा निकायले रोक्ने, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चाडपर्व अवधीभरी खाद्य पदार्थको निरन्तर चेकजाँच गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्रले चौबिसौ घण्टा विद्युत आपूर्तीको व्यवस्था मिलाउने, मन्दिरमा हुने पूजापाठ र बली कार्यक्रमलाई सफासुग्घर बनाई सभ्य, भव्य बनाउने र सम्बद्ध सबै निकायहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने निर्णय समेत गरिएको छ ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरीका एसपी ज्ञानमणी पौडेल, राष्ट्रिय अनुसन्धानका एसपी सुरेन्द्र कोइराला, नेपाली सेनाका कर्णेल, मन्दिरका पिठाधीश महाकान्त ठाकुर, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहितका पत्रकार एवं बिभिन्न संघ–संस्थाका प्रतिनिधीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
0
+1
0
+1
2
+1
0

Related

Previous Post

बोदे बर्साइन नगर व्यापार समितिका पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण 

Next Post

छिन्नमस्तामा तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
छिन्नमस्तामा तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु

छिन्नमस्तामा तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु

जनमतले फुकुवा गर्‍यो ७ जनाको निलम्बन

जनमतले फुकुवा गर्‍यो ७ जनाको निलम्बन

लामो समयदेखि घेरबार गरिएको बाटो खोलाइयो, शुरु गरियो निर्माण कार्य

लामो समयदेखि घेरबार गरिएको बाटो खोलाइयो, शुरु गरियो निर्माण कार्य

नारीशक्तिको पहिचान र आराधना हो दशैं

नारीशक्तिको पहिचान र आराधना हो दशैं

शासक नभई सेवकको रुपमा काम गरिरहेको छु : मन्त्री साह

शासक नभई सेवकको रुपमा काम गरिरहेको छु : मन्त्री साह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.