ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, August 26, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नारीशक्तिको पहिचान र आराधना हो दशैं


नारीशक्तिको पहिचान र आराधना हो दशैं

Loading

जयन्ती मंगला काली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवाधात्री स्वाहा स्वाधा नमोस्तुते, नमो नमः ।

जब–जब मानव र देवी देवता समेत संकटमा पर्दछन्, अनि उपरोक्त बिन्ती र अर्चना गरिन्छ ।

यहीं सन्देश लिएर बडा दशैंको प्रार्दुभाव भएको हुन्छ । बडादशैं मानवताका सुरक्षा र दानवताको विनाशको उद्घोष गर्दछ । भक्तजन आफ्नो अन्तरमा देव–दवी शक्तिहरुको अभ्युदय र दानवी दुष्ट शक्तिहरुको नष्टको संकल्प लिन्छ ।

एक पटक महिषासुर नामक दैत्यराज अत्यन्त बलशाली भए र देवी–देवता, मानव समेतलाई थर्काउन थाले । सुर–असुर संग्राम परापूर्वकालदेखि चल्दै आएको हुँदा महिषासुरसँग पनि देवी देवताहरुको युद्ध असम्भव देखियो । महिषासुर र उनका सहयोगी चण्डमुण्ड, शुम्भ, निशुम्भहरु अत्यन्तै शक्तिशाली थिए । उनीहरुलाई परास्त गर्नु सजिलो थिएन । देवी–देवताहरुले आदिशक्ति भवानी–दुर्गा मातालाई आह्वान गरे । दुर्गा माता सिंह सबारी गरी अस्त्र–शस्त्र धारण गर्दै अवतरिन भईन् । र, राक्षस महिषासुर र उनका दूत–भूतको विनाश गरिन् । देवी–देवता र मानवता समेत भयमुक्त भयो । यसै वृतान्तको सम्झना गराउँदछ यो दशैंले ।

दशैं हाम्रो हिन्दु धर्मका मर्यादा पुरुषोत्तम श्रीरामको कथासँग पनि जोडिएको छ । श्रीराम लंका विजयी र माता जानकीको मुक्तिका लागि दुर्गा माताको पूजन गरेका थिए । यसकारण पनि दशैं पर्वको महत्व छ । हुन त धर्मशास्त्रमा चैते दशैंको अत्यन्तै महत्व दिइएको छ ।

ऋतु चर्चा ः चौमासा यानी बर्षा याममा अबिरल बर्षा, बाढी, पहिरोले गर्दा बाटो–घाटो अवरुद्ध र बन्द भएको र जल–जमावले जलजनीत रोगले गर्दा जनजीवन आक्रान्त भएको हुन्छ । दशैंमा यस्ता दुःखहरुबाट मुक्ति पाइन्छ । बाटो खुलेकाले स्वजनहरु एकअर्कासित भेट गरेर ठूलोजनहरुबाट आयुष्मान हुने टिका ग्रहण गर्छन् । ‘आयुष्मान भवः’ भनी जेठा नातेदारहरुबाट कान्छोहरुको निधारमा रातो टिका थपिन्छ । होम, जाप, पूजापाठ आयोजना हुन्छ । देवी–कलश, प्रतिमा समेत स्थापित गरी देवी पूजन गरिन्छ । मेलाको आयोजना हुन्छ र रमाइलो गरिन्छ । पोषिलो मिष्ठानहरु खानपिन गरिन्छ ।

जुन जाति र समाजमा बली प्रथा छ त्यहाँ देवीलाई बली अर्पण हुन्छ । अनि प्रसाद स्वरुप सामिष भोजन पनि हुन्छ ।

दशैंमा नबौं बहिनीहरु १ शैलपुत्री, २ ब्रम्हचारिणी, ३ चन्द्रघण्टा, ४ कुष्माण्डा, ५ स्कन्दमाता, ६ कात्यानी, ७ कालरात्री, ८ महागौैी र ९ सिद्धीदात्री अर्थात् नवदुर्गा भवानीको अनुष्ठान–अर्चना र पूजापाठ हुन्छ ।

स्वास्थ्य विज्ञानले जलजनीत सुक्ष्म जिवाणुहरुबाट हुने महामारीजस्तो आकस्मिक रोगविरुद्ध खोपहरु विकसित गरेपनि पूर्ण तरिकाले यस्ता सरुवा रोगलाई नियन्त्रण गर्न सकिएको छैन् । दशैंमा हुने सरसफाई, होम–अनुष्ठानले यस्ता सरुवा रोगहरुबाट जोगिन निरोधक शक्ति मानवमा प्रदान गर्दछ ।

संक्षेपमा दशैं नारीशक्तिको पहिचान र आराधना हो भने बर्षायामपछिको हेमन्त ऋतुसित पर्यावरणीय अनुकुल हो । अन्त्यमा यो दैनिक पत्रिका, पाठकका साथै सबै दिदी–बहिनी, दाजुभाईलाई दशैंको मंगलमय शुभकामना व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लामो समयदेखि घेरबार गरिएको बाटो खोलाइयो, शुरु गरियो निर्माण कार्य

Next Post

शासक नभई सेवकको रुपमा काम गरिरहेको छु : मन्त्री साह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शासक नभई सेवकको रुपमा काम गरिरहेको छु : मन्त्री साह

शासक नभई सेवकको रुपमा काम गरिरहेको छु : मन्त्री साह

हुलाक दिवसमा पहिलो सेवाग्राहीलाई सम्मान

हुलाक दिवसमा पहिलो सेवाग्राहीलाई सम्मान

मुख्यमन्त्री सिंहद्वारा डाक्नेश्वरीमा मेला उद्घाटन

मुख्यमन्त्री सिंहद्वारा डाक्नेश्वरीमा मेला उद्घाटन

कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

कंकालिनी मन्दिरमा ६११ राँगाकाे बली प्रदान 

सप्तरीमा पनि मनाइयो ६९ औं प्रहरी दिवस

सप्तरीमा पनि मनाइयो ६९ औं प्रहरी दिवस

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...