राजविराज । १५०औं विश्व हुलाक दिवसको अवसरमा राजविराजमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय, सप्तरीद्वारा बुधबार पहिलो सेवाग्राहीलाई सम्मान गर्दै प्रभातफेरी र सरसफाई कार्यक्रमको आयोजना समेत गरिएको छ ।
कार्यालयमा टिकट किन्न आएका पहिलो सेवाग्राही बोदे बर्साइन नगरपालिका ९ निवासी मन्सी प्रसाद साह र चिठ्ठी रजिष्ट्री गराउन आअएका राजविराज ७ निवासी छेदी यादवलाई सम्मान गरिएको छ ।
यी दुबै सेवाग्राहीलाई हुलाक कार्यालवयका प्रमुख पुरुषेत्तम साहले अबीर तथा माला लगाइदिएर खादा र पुरस्कारसहित सम्मान गरे ।
कार्यालय प्रमुख साहका अनुसार दिवसको अवसर पारेर राजविराजमा प्रभातफेरी र कार्यालय तथा कार्यालय अगाडिको सडकमा सरसफाई समेत गरिएको छ ।