राजविराज । जनमत पार्टीले आफ्ना ७ जना नेताको निलम्बन फुकुवा गरेको छ ।
अनुशासनमा सुधार देखाएकाले उनीहरूकाे निलम्बन फुकुवा गरिएको पार्टीका अनुशासन विभाग प्रमुख दीपक साहले बताएका छन् ।
पार्टीका राष्ट्रिय सचिव विशेश्वर प्रसाद साह, सिरहाको मिर्चैया निवासी केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिकाका सचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघ सिरहाका पुर्व अध्यक्ष अरबिन्द सहनी, साधारण सदस्य धीरज कामति, अनिता कुमारी यादव र दीपनारायण यादवको निलम्बन फुकुवा गरिएको हाे ।
जनमतले यिनीहरूलाई गत २० असारमा निलम्बन गरेको थियोे ।
भविष्यमा पार्टीको अनुशासनमा रही काम गर्न गराउन अनुशासन समिति प्रमुख साहले अनुरोध गरेका छन् ।