ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा पनि मनाइयो ६९ औं प्रहरी दिवस


सप्तरीमा पनि मनाइयो ६९ औं प्रहरी दिवस

Loading

राजविराज । ६९औ प्रहरी दिवस सप्तरीमा पनि भव्यतापूवर्क मनाइएको छ ।

मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त आयोजनामा बुधबार राजविराजमा एक कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंक्रान्तीले प्रहरीले उच्च आचरण राख्दै इमान्दारिताका साथ काम गर्नुपर्ने बताए । ‘प्रहरीले यसरी काम नगरे नागरिकस्तरबाट आवाज उठछ’ उनले भने, ‘आवाज उठेपछि सुशासन कमजोर हुँदै जान्छ ।’

शान्ति सुरक्षा र अमन चयन कायम गर्न प्रहरीको सफलता र सक्षमता जरुरी रहेको उनले बताए । प्रहरीको सफलता र सक्षमता बिना शान्ति सुरक्षा असम्भव हुने उनको भनाई छ ।

प्रहरी पनि कष्टकर अवस्थामा ड्युटीमा खटिरहेको बताउँदै उनले प्रहरीको मनोवल उच्च बनाउनु पनि आवश्यक भएको धारणा राखे ।

जिल्ला न्यायाधिवक्ता गोकुल निरौला, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पूर्व प्रहरी संगठन मधेश प्रदेशका सह सचिव प्रसनी राजेन्द्र बिकसहितकाले प्रहरीले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए ।

कार्यक्रममा तालिम केन्द्रका प्रमुख एसएसपी गोपालचन्द्र भट्टराईले धन्यवाद ज्ञापन गरे भने सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले स्वागत मन्तव्य गर्दै प्रहरी महानिरीक्षक वसन्त कुवरको शुभकामना सन्देश वाचन गरेका थिए ।

उक्त अवसरमा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरियो ।

अमर प्रहरी शिवनारायण मण्डल, विन्देश्वर मण्डल, ब्रहमदेव यादव, मीन बहादुर कार्की, रामसुफल मण्डल, कृष्ण श्रेष्ठ, नवराज ठाकुर, राजकुमार सिंहसहितका परिवारलाई प्रमुख जिल्ला अधिकारी मंग्रातीले दोसल्ला ओढाएर सम्मान गरे ।

प्रहरीलाई विभिन्न समयमा सहयोग गरेको भन्दै राजविराज र डाक्नेश्वरी नगरपालिका तथा बलान बिहुल, बिष्णुपुर र छिन्नमस्ता गाउँपालिकालाई प्रशंसा पत्र प्रदान गरियो ।

यस्तै, इलाका प्रहरी कार्यालय पातोको भवनका लागि जग्गा प्रदान गर्ने डाक्नेश्करी ६ बस्ने लक्ष्मीकान्त चौधरी, प्रहरीलाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने हनुमाननगर कंकालिनी नपा १० का कमल मण्डल, शम्भुनाथ १० बस्ने शम्भुनाथ साह, झिझिया नाचमा सहयोग गर्ने रमानन्द देव, सुरुङा १ का बिनोद कुमार चौधरी, बोदे बर्साइन २ बस्ने अनवर अली, पतन्जली योग समितिका प्रशिक्षक बद्रीराज भन्डारी, पतञ्जली योग समितिका अध्यक्ष पंकज देवसहितकालाई समेत प्रशंसा पत्रबाट सम्मान गरियो ।

उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक राकेश राइसहितका प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित तथा प्रहरी दिवसको अवसरमा आयोजित फुटबल, क्रिकेट, टेबल टेनिस खेलका विजयी खेलाडीलाई पनि तालिम केन्द्रका प्रमुख एसएसपी भट्टराईले पुरस्कृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कंकालिनी मन्दिरमा ६११ राँगाकाे बली प्रदान 

Next Post

“प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ”- डा. झा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
“प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ”- डा. झा

"प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ"- डा. झा

सप्तरी : महिलासँग जवरजस्ती करणी गरेर भिडियो बनाउने पक्राउ

सप्तरी : महिलासँग जवरजस्ती करणी गरेर भिडियो बनाउने पक्राउ

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

माछा रुँग्न मेयरका भान्जालाई नियुक्ति, वडाअध्यक्षकी छोरीलाई पनि जागिर

लोसपा र नागरिक उन्मुक्तिका नेताहरु मुक्ति क्रान्तिमा प्रवेश

लोसपा र नागरिक उन्मुक्तिका नेताहरु मुक्ति क्रान्तिमा प्रवेश

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

६ महिनाम‌ै सप्तरीका सीडीओकाे सरूवा, नयाँ सीडीओ दाहाल आउने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.