![]()
राजविराज । भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले गाँजासहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले मंगलबार बिहान पत्रकार सम्मेलन गरी गाँजासहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनकुट्टाको शहीदभूमी गाउँपालिका ३ बस्ने यमजित राई छन् । ३५ बर्षीय उनले को.१ख ६५०३ नम्बरको टिपरमा गाँजा राखेर भारततर्फ गइरहँदा राजगढ गाउँपालिका ४ स्थित बेल्ही चपेनाबाट उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
टिपरमा बालुवा र ढुँगा राखी बीचमा गाँजा हालेर गइरहँदा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले नियन्त्रणमा लिएको हो । टिपरबाट ५६ वटा बोरामा गाँजा बरामद हुँदा उक्त गाँजा १७ क्वीन्टल १७ किलो रहेको एसपी खतिवडाले बताए ।
यस बिषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












