![]()
राजविराज । तस्करी नियन्त्रण भए करमा वृद्धि हुने सन्देशसहितको सड्क नाटक बुधबार राजविराजमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय कर सप्ताहको अवसर पारेर करदाता सेवा कार्यालय राजविराजद्धारा स्थानीय गजेन्द्र चोकमा सडक नाटक प्रदर्शन गरिएको हो । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नाराका साथ सप्तरीमा पनि राष्ट्रिय कर सप्ताह मनाइरहेको छ ।
यसै क्रममा बुधबार सडक नाटक प्रदर्शन गरिएको हो । कर वृद्धि गर्न तस्करी रोक्नुपर्ने सन्देश कलाकारहरुले प्रवाह गरेको कार्यालयका प्रमुख लालदेव सर्राफले जानकारी दिए ।
सडक नाटकमा जिबछ दास, सुभाष बिरपुरिया, रमिता साह, साक्षी देव, नरसिंह यादवसहितकाले अभिनय गरेका थिए ।












