ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हटियाभित्रको ‘सपिङ कम्लेक्स’ मंसिर मसान्तभित्र सम्पन्न गर्ने निर्माण कम्पनीको पुनः अर्काे डेट लाइन

हटियाभित्रको ‘सपिङ कम्लेक्स’ मंसिर मसान्तभित्र सम्पन्न गर्ने निर्माण कम्पनीको पुनः अर्काे डेट लाइन

Loading

राजविराज । राजविराज हटियाभित्रको ‘सपिङ कम्लेक्स’ मंसिर मसान्तभित्र सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजविराज नगरपालिका वडा नम्बर ७ स्थित हटियाको कम्पलेक्स सम्पन्न गर्न निर्माण कम्पनीले पटक–पटक समय लिदैं आएका छन् ।

पछिल्लो पटक प्रमुख जिल्ला अधिकारी भोला दाहालको पहलमा राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परबिन, वडा अध्यक्ष सुभाष यादव सहितकाले हटिया कम्प्लेक्स को अनुगमन निरीक्षण गरेका छन् । त्यस क्रममा निर्माण कम्पनीका प्रतिनिधीको पनि सहभागिता थियो ।

निर्माण कम्पनीका प्रतिनिधी मनोज यादवले मंसिर मसान्तभित्र काम सम्पन्न गर्ने जनाएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

पाँच वर्षअघि राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवको नेतृत्वमा कम्प्लेक्स निर्माण शुभारम्भ गरिएको थियो । राजविराज–७ स्थित हटियाको एक बिघा ११ कट्ठा जग्गामा सघन सहरी विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले प्राप्त गरेको कूल रु ३५ करोडमध्ये रु १९ करोडमा भवन निर्माण शुरु गरिएको थियो ।

निर्धारित समयमा कम्प्लेक्स भवन सम्पन्न नहुँदा हटिया वरपर जथाभावी पसलहरू सञ्चालन हुँदै आएको छ । जथाभावी सागसब्जी, किराना पसल, फलफूल, विभिन्न कस्मेटिक समान, चामल, भाँडावर्तन, दाउरा नाङ्लो बेच्ने व्यापारी अव्यवस्थित रूपमा बसेर बिक्री गर्न बाध्य छन् ।

कम्प्लेक्सको झण्डै ९५प्रतिशत काम सकिएको छ । थोरै काम सम्पन्न गर्न बाँकी रहेपनि निर्माण कम्पनी सुस्त अवस्थामा छ ।

भवन निर्माण डिभिजन कार्यालयमार्फत रसुवा रोसन जेभी निर्माण कम्पनीसँग सम्झौता भई भवन निर्माण भइरहेको छ । ठेकेदारको लापरबाहीका कारण निर्धारित समयभन्दा धेरै ढिला भइसकेको छ ।

सपिङ कम्प्लेक्स भवन निर्माण छिटो सम्पन्न नहुँदा हाल सडकमै तरकारीसहित बिभिन् सामानको बजार लाग्दै आएको छ । जसका कारण आवतजावतमा समेत समस्या भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हनुमाननगरको भयो सभा, ६७ करोड बजेट प्रस्तुत

Next Post

एनपिएल क्रिकेट प्रतियोगिताकाे टुर्नामेन्ट डाइरेक्टरमा सप्तरीका श्रेष्ठ मनोनित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एनपिएल क्रिकेट प्रतियोगिताकाे टुर्नामेन्ट डाइरेक्टरमा सप्तरीका श्रेष्ठ मनोनित

एनपिएल क्रिकेट प्रतियोगिताकाे टुर्नामेन्ट डाइरेक्टरमा सप्तरीका श्रेष्ठ मनोनित

अत्यधिक जाडो हुने दिन सप्तरीमा आगो बाल्ने व्यवस्था मिलाइने

अत्यधिक जाडो हुने दिन सप्तरीमा आगो बाल्ने व्यवस्था मिलाइने

डाक्नेश्वरी १ उप निर्वाचन : भुलिया र धिरेन्द्रलाई सहानुभूतिको आश, बाँकीलाई त्रास

डाक्नेश्वरी १ उप निर्वाचन : भुलिया र धिरेन्द्रलाई सहानुभूतिको आश, बाँकीलाई त्रास

गृह मन्त्रीलाई नै तीन दिनदेखि निरन्तर धम्की

गृह मन्त्रीलाई नै तीन दिनदेखि निरन्तर धम्की

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.