राजविराज । सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताकाे टुर्नामेन्ट डाइरेक्टरमा चयन भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले १५ मंसिरदेखि एनपिएलकाे आयाेजना गर्दैछ । यसको टुर्नामेन्ट डाइरेक्टरमा श्रेष्ठलाई मनोनित गरिएको क्यानले जनाएको छ ।
क्यानका सचिव पारस खड्काले श्रेष्ठलाई मनोनित गरिएको पत्र पठाएका छन् । मनोनित हुने श्रेष्ठ क्यानका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका सचिव समेत हुन् ।
पहिलो पटक हुन लागेको एनपिएलमा ८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपालका साथै विश्वको विभिन्न देशका क्रिकेट खेलाडी खेल्नेछन् ।