ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सीडीओ अफिस सप्तरी : भित्र र बाहिर खाली, क्यामेराबाट निगरानी


अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

Loading

राजविराज । जिल्ला प्रशासन कार्यालय (सीडीओ अफिस), सप्तरीको अगाडि ठूलै भींड रहन्थ्यो । तपाईं अहिले कार्यालयतिर आउनुभयो भने यो भींड हेर्न पाउनुहुने छैन् ।
कार्यालय अगाडि रोड छेउमै टेबुल कुर्सी राखेर साना पसल थाप्दै आएका सबैलाई खाली गराइएको छ । जसका कारण कार्यालय अगाडिको भींड हटेको छ ।


प्रमुख जिल्ला अधिकारीको रुपमा भोला दाहाल आएपछि यो भींडलाई हटाइएको छ । ‘यस्तो काम गर्न पालिका या वडासँग अनुमति लिएको हुनुपर्छ । तर, कसैले अनुमति लिएको पाइएन्’ दाहालले भने, ‘अर्काे कुरा घर भाडामा लिएर काम गर्नुपर्छ । सडकमा भींड लगाएर हुँदैन् ।’
उनले यस्तै काम गर्ने मध्येले विचौलिया समेतको काम गरिरहेको पाइएको बताए । ‘हामी सेवाग्राहीलाई सिधैं कानुन बमोजिम सेवा दिन्छौं’ उनी भन्छन्, ‘विचौलिया किन आउनुपर्छ ?’
सडकमै लामो भींड भएको देखेपछि प्रमुख जिल्ला अधिकारी दाहाल आफैं हटाउन अग्रसरता देखाए । ‘यो भींड हेरेपछि आफैं गएर एक घण्टाभित्र खाली गर्न भने’ दाहाल भन्छन्, ‘त्यो अवधीमा आधा जतिले हटाएपनि । बाँकी नमान्दा प्रहरी बोलाउनुपरेको थियो ।’
सेवाग्राहीलाई सहज तरिकाले सेवा दिइरहेको अवस्थामा विचौलियाको कुनै काम नभएको उनको भनाई छ । ‘विचौलियाले सेवाग्राहीसँग रकम समेत लिने गर्दछ’ उनले भने, ‘कानुन बमोजिम हुने कामका लागि कसैलाई कुनै समस्या हुन दिनेछैनौं ।’
फाँट खाली, सिसिटिभीबाट निगरानी
दाहाल प्रमुख जिल्ला अधिकारीको रुपमा आएपछि कार्यालय अगाडिको भींड मात्रै हटाएका छैनन् । उनी कार्यालयको बिभिन्न फाँटमा हुने भींड समेत व्यवस्थापन गरेका छन् ।
‘कार्यालयभित्रै आएर सेवाग्राहीले सेवा लिने, अनि कर्मचारीले सेवा दिने क्रम थियो’ दहाल भन्छन्, ‘अब कार्यालयभित्र कर्मचारी मात्रै बस्न पाउँछन् । सेवाग्राही बाहिरबाट सेवा लिन्छन् । यसो गर्दा सेवा लिने र दिने दुबैलाई सजिलो हुन्छ ।’
उनी कार्यालयभित्रको हरेक फाँटको निगरानी सिसिटिभी क्यामेराबाट आफैं गर्छन् । आफ्नो कार्यकक्षमा सिसिटिभी राखेर उनी निगरानी गरिरहेका छन् । ‘कुनै फाँटमा कर्मचारीबाहेक अन्यलाई हेर्नेवित्तिकै निकाल्ने ग¥छौं’ उनले भने ।
सूचना टाँस्दै जानकारी माग


अब कोहि पनि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भने मूल गेटमै एउटा सूचना हेर्न सक्नुहुन्छ ।
सूचनाको शिर्षक छ, ‘सुशासनका लागि हामी सबैको सहकार्य’
यो सूचनामा ‘सार्वजनिक निकायबाट सेवा लिने काममा तपाईंसँग कुनै कर्मचारी या विचौलियाले दुःख÷हैरानी दिएको वा गैर कानुनी रुपमा घूस÷रिसवत मागेको वा सार्वजनिक निकायहरुमा भ्रष्टाचारजन्य कसूर भएको सूचना÷जानकारी भएमा निम्न माध्यममा सम्पर्क राख्नुहुन अनुरोध छ’ भनिएको छ ।
सूचनामा प्रमुख जिल्ला अधिकारी दाहालले आफ्नो कार्यालय नम्बर ९८५२८५७७७७ उल्लेख गरेका छन् ।
‘यो कार्यालयमा मात्र होइन्, जिल्लाका अन्य सबै कार्यालयमा समेत यो सूचना राख्न परिपत्र गरेका छौं’ उनले भने, ‘कार्यालयहरुले राखेको छैन् भने सबैले यो किन नराखेको भनेर सोध्न समेत सकिनेछ ।’
पान गुटखा चपाउनेलाई नो इन्ट्री


प्रमुख जिल्ला अधिकारी दाहाल आफैं नेतृत्वको कार्यालय पहिला सुधार्ने बताउँछन् । जिल्ला प्रशासन कार्यालयमा यसअघि पान र गुटखा खाएर थुकिएका दाग सफा गर्न लगाएको र अब पान, गुटखा खाएर आउनेलाई कार्यालयमा बन्देज लगाएको उनले बताए ।
‘यो कार्यालयमा मात्र होइन्, सबै कार्यालयमा पान, गुटखा खाएर जानेलाई प्रवेश गर्न नदिइने व्यवस्था मिलाउन कार्यालय प्रमुख बैठकमा भनेका छौं’ दाहालले भने ।
बेथिति विस्तारै हट्छ
सबै किसिमका बेथिति एकै पटक हट्न नसकिने दाहाल बताउँछन् । पहिलादेखिको धेरै विकृति रहेको बताउँदै उनी हटाउनका निम्ति सबैले सहयोग गर्नुपर्ने बताउँछन् ।
‘एक्लैले गरेर केहि हुँदैन भन्दै हात बाँधेर बस्दिनँ’ उनी भन्छन्, ‘काम गरिरहन्छु ।’
आफू आएपछि बेहाल रहेका सडक, हटिया तथा बसपार्कको समस्यालाई प्राथमिकता दिएको उनी बताउँछन् । ती काम गर्ने निर्माण कम्पनीका प्रतिनिधी बोलाएर काम चाँडो सम्पन्न गराउन भनेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

Next Post

डाक्नेश्वरीमा मतदान शुरू

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरीमा मतदान शुरू

डाक्नेश्वरीमा मतदान शुरू

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

डाक्नेश्वरीमा मतदान जारी : ११ बजेसम्म झण्डै ३३ प्रतिशत मतदान

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

डाक्नेश्वरीको मतगणना आजै रातिदेखि गर्ने तयारी

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सखुवाको झाडीमा बालिका मृत फेला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...