ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरी १ उप निर्वाचन : भुलिया र धिरेन्द्रलाई सहानुभूतिको आश, बाँकीलाई त्रास


डाक्नेश्वरी १ उप निर्वाचन : भुलिया र धिरेन्द्रलाई सहानुभूतिको आश, बाँकीलाई त्रास

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वडामा उप निर्वाचन हुँदैछ । वडा नम्बर १ र ४ मा अध्यक्ष पदका लागि १६ गते हुने उप निर्वाचनका लागि राजनीतिक दल र उम्मेदबारहरु अन्तिम तयारीमा व्यस्त छन् ।
वडा नम्बर १ मा अध्यक्ष पदका लागि ९ जनाले उम्मेदबारी दर्ता गराएकोमा १ जनाले फिर्ता लिएका छन् । ८ जना चुनावी मैदानमा छन् । यसमा एक जना महिला छन् ।
प्रमुख राजनीतिक दलहरुले यो वडामा आफ्ना उम्मेदबार उभ्याएको छ । नेपाली कांग्रेसले भुलिया देवी थरुनी, नेकपा एमालेले भगवानी साह, नेकपा माओवादी केन्द्रले प्रमोद कुमार सन्त, जनमत पार्टीले शैलेन्द्र कुमार साह, जनता समाजवादी पार्टी नेपालले धिरेन्द्र कुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टीले सतिश कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीले अनरुद्ध प्रसाद चौधरीलाई उम्मेदबार बनाउँदा सुशिल साहले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
यसअघि स्वतन्त्र उम्मेदबारी दिएका सियाकान्त चौधरीले उम्मेदबारी फिर्ता लिइसकेका छन् ।
कांग्रेसले बनाएका उम्मेदबार भुलिया देवी निधन भएका वडा अध्यक्ष प्रितम लाल चौधरीकी पत्नी हुन् । जसपा नेपालका उम्मेदबार धिरेन्द्र साह यसअघि दुई पटक वडा अध्यक्ष पदमै पराजित भएका उम्मेदबार हुन् । उनी उप निर्वाचनअघि नेकपा एमाले परित्याग गरी जसपा नेपाल प्रवेश गरेका थिए ।
सबैको जित्ने दावी
चुनावका लागि राजनीतिक दलका साथै उम्मेदबार आ–आफ्नो तयारी गरिरहेका छन् । अन्तिम कसरतमा जुटेका उम्मेदबारहरु आफू नै जित्नेमा ढुक्क छन् ।
‘म यसअघि दुई पटक थोरै मतान्तरले पराजित भएको छु, यस पटक जित्नेमा आशावादी छु’ जसपा नेपालका उम्मेदबार धिरेन्द्र साहले भने, ‘यस पटकको तयारी पनि राम्रो छ । जनताले यस पटक जिताउनेमा आशावादी छु ।’
नेपाली कांग्रेसका उम्मेदबार भुलियादेवी आफू निर्वाचित हुने विश्वास व्यक्त गरिन् । ‘मेरो श्रमिान् वडा अध्यक्ष रहँदा सबैका लागि काम गर्नुभयो’ उनले भनिन्, ‘त्यसैले मलाई जनताले जिताउनेमा आशावादी छु ।’
उनले श्रीमान्ले थालेका काम पूरा गर्न आफू तयार रहेको बताइन् ।
राप्रपाका उम्मेदबार सतिश कुमार चौधरी पनि आफू नै जित्ने दावी गर्छन् ।
कांग्रेस–जसपा नेपालबीच टक्कर
यो वडाका जनता अहिले पनि खुलेर आएका छैनन् । वडामा भेटिएका केहि वृद्ध भने आफू आबद्ध पार्टीलाई नै मत दिने बताए । यसो भन्नेमा नेपाली कांग्रेस र नेकपा एमालेका वृद्ध कार्यकर्ता भेटिए ।
वडामा ८ जना उम्मेदबार भएपनि अहिले मुख्य टक्कर नेपाली कांग्रेस र जसपा नेपालका उम्मेदबारबीच देखिएको छ । वडाको आंकलन गर्दा यी दुई पार्टीका उम्मेदबार प्रतिस्पर्धामा देखिएका छन् ।
कांग्रेसको लागि बलियो पक्ष भनेको भुलियादेवीलाई सहानुभूति मत पर्ने सम्भावना छ । उनका पति प्रितमलालको निधन भएपछि यो पदमा चुनाव भइरहेकाले उनलाई सहानुभूति मत पर्ने स्थानीयको आंकलन छ ।
अर्काे कुरा कांग्रेसबाट अलग भई २०७९ को चुनावमा लोसपाबाट वडा अध्यक्षको उम्मेदबार बनेका विजय चौधरी पुनः कांग्रेसमै फर्किएका छन् । चौधरी २ सयभन्दा बढी मत प्राप्त गरेका थिए त्यस बेला ।
जसपा नेपालका उम्मेदबार धिरेन्द्र भने २०७४ को चुनावमा १३ मतले र २०७९ को चुनावमा ४६ मतले पराजित भएका थिए । यो पटक आफ्ना व्यक्तिगतका साथै जसपा नेपालको साथीको मद्दतले जित्ने उनी बताउँछन् । ‘दुई पटक हारेकाले साहलाई पनि सहानुभूति मत आउने सम्भावना छ’ स्थानीय एक जनाले भने ।
जातीय मतको गुनाभागा
सप्तरीमा जातीय मतले पनि अर्थ राख्ने गर्दछ चुनावमा । यस पटक उप निर्वाचनमा पनि जातीय मतको गुनाभागा हुन थालेको छ । यो वडामा थारुको संख्या बढी छ । तर, थारु समुदायबाटै तीन जना उम्मेदबार छन् ।
नेपाली कांग्रेसबाट भुलिया देवी थरुनी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सतिश कुमार चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट अनरुद्ध प्रसाद चौधरी उम्मेदबार बनेका छन् ।
तेली जातीबाट पनि तीन जना उम्मेदबार छन् । नेकपा एमालेबाट भगवानी साह, जनमत पाटीबाटे शैलेन्द्र कुमार साह र जनता समाजवादी पार्टी नेपालबाट धिरेन्द्र कुमार साहको उम्मेदबारी परेको छ ।
अहिले जातीय समीकरण मिलाउने काममा जातीका नेताहरु लागिपरेका छन् । भुलियादेवीलाई जिताउन अन्य थारुका उम्मेदबार र धिरेन्द्रलाई जिताउन तेलीका अन्य उम्मेदबारलाई एक ठाउँमा मिलाउने काम आन्तरिक रुपमा हुन थालेको स्थानीयको भनाई छ ।
यो वडामा कुल मतदाता संख्या २ हजार ६२३ छ । यसमध्ये १ हजार ४११ पुरुष छन् भने १ हजार २१२ महिला मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

अत्यधिक जाडो हुने दिन सप्तरीमा आगो बाल्ने व्यवस्था मिलाइने

Next Post

गृह मन्त्रीलाई नै तीन दिनदेखि निरन्तर धम्की

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
गृह मन्त्रीलाई नै तीन दिनदेखि निरन्तर धम्की

गृह मन्त्रीलाई नै तीन दिनदेखि निरन्तर धम्की

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सीडीओ अफिस सप्तरी : भित्र र बाहिर खाली, क्यामेराबाट निगरानी

डाक्नेश्वरीमा मतदान शुरू

डाक्नेश्वरीमा मतदान शुरू

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

डाक्नेश्वरीमा मतदान जारी : ११ बजेसम्म झण्डै ३३ प्रतिशत मतदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.