ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरी-१ का वडाअध्यक्षविरूद्वकाे मुद्दा हेर्दाहेर्दैमा


नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुई मुद्दामा थुन्छेक बहस शुरु हुँदै

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्धको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासमा मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । आज बहस पनि शुरु नभई मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।

नवनिर्वाचित अध्यक्षबिरुद्ध दुई वटा मुद्दा दर्ता भएको छ । उनीबिरुद्ध जर्वजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र अपहरण गरी व्यक्ति वेपत्ता गरेको सम्बन्धी जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ ।

जिल्ला सरकारी वकील कार्यालयका अनुसार प्रहरीले साहबिरुद्ध अपहरण र शरीर बन्धक मुद्दा चलाएको थियो । तर, सरकारी वकीलको कार्यालयले व्यक्ति वेपत्ताको मुद्दा चलाएको थियो ।

‘मान्छे कहाँ छ भन्ने थाहा छैन, लाश पनि फेला परेको छैन्, त्यहीं भएर व्यक्ति वेपत्ता मुद्दा चलाइएको छ’ सरकारी वकीलको कार्यालय श्रोतले भन्यो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ निवासी नवनिर्वाचित साहबिरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको हो ।

साहबिरुद्ध बलात्कारको कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा २१९ (१) र (२) बमोजिमको कसुर गरेको भन्दै दफा २१९ (३) (ङ) बमोजिमको सजाय मागदाबी गरिएको छ । जअनुसार उनीवरुद्ध १० वर्षसम्मको कैद मागदाबी गरिएको छ ।

यस्तै सामूहिक बलात्कारमा १५ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

बलात्कृत युवतीको मृत्यु भएकाले कर्तव्य ज्यानको कसुरमा जन्मकैदको सजाय मागदाबी गरिएको छ । जन्मकैदमा २५ वर्ष कैद हुने व्यवस्था छ । जसकारण बलात्कारपछि हत्यामा उनीविरुद्ध ४० वर्ष कैद साजय मागदाबी गरिएको छ ।

यसका साथै उनले अर्का एक व्यक्ति अपहरण गरी बेपत्ता पारेकाले अर्को मुद्दा पनि चलाइएको छ । मुलुकी फौजदारी अपराध संहिताको दफा २०६ (१) (२) (ख) र (६) बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । यसमा दफा २०६ (७) (क) बमोजिम थप सजाय मागदाबी गरिएको छ ।

दफा २०६ (७) (क) अनुसार अपहरण गरी व्यक्ति बेपत्ता पार्नेलाई १५ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । सोही अनुसार उनलाई अधिकतम सजाय मागदाबी गरिएको छ ।

साहले बेपत्ता पारेको आरोप लागेका नितिशकुमार साह नाबालक रहेकाले दफा २०६ (८) बमोजिम थप सजाय मागदाबी गरिएको छ । जसअनुसार दफा २०६ (७) (क) मा हुने सजायमा थप २ वर्ष कैद सजाय हुने दफा २०६ (८) मा उल्लेख छ । छुट्टाछुट्टै कसुरमा गरेर उनीमाथि ५७ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।

अपहरण गरी व्यक्ति बेपत्तामा वडाध्यक्ष साहसहित ६ जना र बलात्कारपछि हत्यामा उनीसहित ७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नवनिर्वाचित वडा अध्यक्ष साह २० मंसिरमा शपथ लिँदै गर्दा पक्राउ परेका थिए ।

साह सहितको समूहले सन्तोषकी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ ।

फागुन २०७९ मा डाक्नेश्वरी नगरपालिका–१ माधधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी लगेको आरोप छ । नितिश अझैसम्म भेटाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

सुरुङामा ठक्करले एकको मृत्यु, ठक्कर दिने सबारी फरार 

Next Post

१४ बर्षकै उमेरमा बालिकाको जन्मियो शिशु, गर्भवती बनाउने युवक फरार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
१४ बर्षकै उमेरमा बालिकाको जन्मियो शिशु, गर्भवती बनाउने युवक फरार

१४ बर्षकै उमेरमा बालिकाको जन्मियो शिशु, गर्भवती बनाउने युवक फरार

नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुई मुद्दामा थुन्छेक बहस शुरु हुँदै

डाक्नेश्वरी-१ का नवनिर्वाचित वडा अध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाइयो 

परालले छाेपेकाे अवस्थामा ६७० किलो गाँजा बरामद

परालले छाेपेकाे अवस्थामा ६७० किलो गाँजा बरामद

गाँजा बरामद गर्ने सप्तरीका चार जना प्रहरी पुरस्कृत

गाँजा बरामद गर्ने सप्तरीका चार जना प्रहरी पुरस्कृत

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

बालिकाको शव गाडिएको अवस्थामा भेटियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.