ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दलित समुदायमाथि भइरहेका घटनामा निष्पक्ष अनुसन्धान गर्न मञ्चको माग


दलित समुदायमाथि भइरहेका घटनामा निष्पक्ष अनुसन्धान गर्न मञ्चको माग

Loading

राजविराज । दलित सरोकार मञ्च, नेपालले दलित समुदायमाथि भइरहेका बलात्कार, हत्या तथा दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ ।

नेपालमा दलित समुदायमाथि भइरहेको हिंसा, बलात्कार, र अन्तरजातीय विवाह गर्ने जोडीमाथि राज्यसंयन्त्रकै संलग्नतामा भइरहेको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मञ्चले बिज्ञप्ती जारी गर्दै निष्पक्ष अनुसन्धान गर्न माग गरेको हो ।

मञ्चले सिरहा, सर्लाही, रौतहटसहितका जिल्लामा दलित समुदायमाथि भइरहेको अन्यायका घटनालाई उजागर गर्दै दोषीलाई तत्काल कार्वाही गर्न माग गरेका हुन् ।

सिरहाको नवराजपुर गाउँपालिका १ मा १७ वर्षीया रिंकुकुमारी सदामाथि भएको सामूहिक बलात्कार र त्यसपछि उनको मृत्यु अत्यन्त शंकास्पद भएको भन्दै बिज्ञप्तीमा निष्पक्ष अनुसन्धानको माग गरेको छ ।

‘माघ २७ गते रुपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप छ । समाजकै केही अगुवाहरूले १ लाख ४० हजार रुपैयाँ लिएर मिलापत्र गराएको खुलासा भएको छ’ बिज्ञप्तीमा भनिएको छ, ‘माघ ३० गते उनी मृत अवस्थामा फेला परेकी थिइन् । यस घटनामा संलग्न ८ जनाविरुद्ध जाहेरी दर्ता भए पनि कोही पक्राउ नपरेकाले दोषीलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गर्दछौं ।’

बिज्ञप्तीमा सर्लाहीमा सत्येन्द्रकुमार राम र नेहा रौनियारको अन्तरजातीय विवाहमा भएको हस्तक्षेपप्रति आपत्ति जनाइएको छ । ‘कानुनी रूपमा विवाह गरेका उनीहरूलाई राजनीतिक पहुँचको दुरुपयोग गर्दै भारतसम्म गएर पक्राउ गर्नु गम्भीर विषय हो’ बिज्ञप्तीमा भनिएको छ, ‘सत्येन्द्रलाई बालविवाहको झुटा आरोप लगाएर फसाउन खोजिनु कानुनी दुरुपयोगको उदाहरण हो ।’

सर्वोच्च अदालतले नेहालाई सत्येन्द्रकै जिम्मा लगाउने आदेश दिए पनि निरन्तर धम्की दिइनु मानवअधिकारको उल्लंघन भएको बिज्ञप्तीमा भनिएको छ ।

रौतहटस्थित वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवान र मुस्लिम नेता सलाउदिन दर्जीलाई राज्य संयन्त्रद्वारा झुटा मुद्दामा फसाउने प्रयास भएको समेत बिज्ञप्तीमा आरोप लगाइएको छ ।

जातीय भेदभावविरुद्ध आवाज उठाउनेहरूमाथि प्रतिशोधस्वरूप फसाउने प्रयास भइरहेको दाबी गर्दै बिज्ञप्तीमा भनिएको छ, ‘प्रहरी प्रशासन समेतको मिलेमतो देखिएकाले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कार्वाही गरिनुपर्दछ ।’

मागहरू सम्बोधन नगरिए न्यायका हिमायतीहरूसँग मिलेर आन्दोलन गर्ने चेतावनी पनि बिज्ञप्तीमा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

जनमतले भन्यो–कृषि विश्वविद्यालयमा दोषी देखिएका रजिष्ट्रारलाई लोसपा अध्यक्ष ठाकुरले बर्खास्त गर्न दिइरहेको छैन

Next Post

कुम्भ स्नान गरी फर्किदैं गरेका सप्तरीका तीनसहित चार जनाको दुर्घटनामा परी निधन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कुम्भ स्नान गरी फर्किदैं गरेका सप्तरीका तीनसहित चार जनाको दुर्घटनामा परी निधन

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

लुकाइएको कृषि विश्वविद्यालयको छानबिन प्रतिवेदन : नियुक्ति प्रकृया गलत र जथाभावी आर्थिक कारोबार

मधेश कृषि विश्वविद्यालयमा लागेको ताला खुल्यो, तलव दिन मधेश सरकारसँग सर्वपक्षीय बैठकको आग्रह

मधेश कृषि विश्वविद्यालयमा लागेको ताला खुल्यो, तलव दिन मधेश सरकारसँग सर्वपक्षीय बैठकको आग्रह

राष्ट्रिय मुक्ति पार्टी नेपाल, सप्तरीको जिल्ला समिति गठन

राष्ट्रिय मुक्ति पार्टी नेपाल, सप्तरीको जिल्ला समिति गठन

अस्पतालमा बेथिती उत्पन्न गर्ने कर्मचारीलाई कार्वाही गरिँदा राजनीतिक दल मौन बस्ने

अस्पतालमा बेथिती उत्पन्न गर्ने कर्मचारीलाई कार्वाही गरिँदा राजनीतिक दल मौन बस्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.