![]()
राधेश्याम रमण
राजविराज । मधेश कृषि विश्वविद्यालयमा लागेको ताला खुलेको छ ।
जिल्ला समन्वय समिति, सप्तरीको अगुवाईमा शनिबार बिहान बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले तालाबन्दी खोलेर पठनपाठन गर्ने आग्रह गरेको थियो । सोही आग्रह बमोजिम प्राध्यापक र कर्मचारीले ताला खोलेका हुन् ।
बैठकले प्रचलित कानुन बमोजिम तत्काल आर्थिक कारोबार संचालनको वैकल्पिक वा अस्थायी व्यवस्था गरी तलव, भत्ता उपलब्ध गराउन मधेश प्रदेश सरकारका मुख्यमन्त्री एवं शिक्षा तथा संस्कृति मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
गत भदौदेखिको तलव नपाएको भन्दै प्राध्यापक र कर्मचारीले गत १ फागुनमा विश्वविद्यालयमा तालाबन्दी गरेका थिए ।












