![]()
राजविराज, २८ फागुन ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष एवं संविधान सभा सदस्य रञ्जित कर्णद्वारा बुधबार राजविराजमा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
मंचीय र भाषणभन्दा भिन्न किसिमको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
होलीका पारम्परिक गीतहरु प्रस्तुत गर्दै एकले अर्कालाई अबीर लगाइदिएर कार्यक्रममा शुभकामना आदानप्रदान गरियो । होली गीत गाउने कलाकारद्वारा गीतहरु प्रस्तुत गरिएको थियो ।
‘विकासका लागि राजनीति, सुशासनका लागि उद्यमशिलता, नेपालको पहिलो योजनाबद्ध राजविराजलाई पहिलो समृद्ध शहर बनाऔं’ भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो ।
होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश सांसद जिबछी यादव, सप्तरी जिल्ला सभापति रामदेव साह, सुनसरी सभापति केदार प्रसाद भण्डारी, सिरहाका नेता रामदयाल यादव, मधेश प्रदेशको पुर्व अर्थ समिति संयाेजक नरेश यादव, सप्तरीको सुरुङा नगरपालिकाका मेयर गीता चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरूण मण्डलसहित विभिन्न पालिकाका जनप्रतिनिधि देखि बिभिन्न तह र तप्काका व्यक्तिको सहभागिता रहेको थियो ।












