ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज बसपार्क उद्घाटन : पदीय मर्यादाको उडाइयो खिल्ली

राजविराज बसपार्क उद्घाटन : पदीय मर्यादाको उडाइयो खिल्ली

Loading

राजविराज । मान्छे जस्तोसुकै भएपनि पदको महत्व हुन्छ । कुनै पनि कार्यक्रम संचालन गर्दा या भाषण दिने बेला यसको ख्याल गर्नैपर्ने हुन्छ । अन्यथा पदको गरिमा खस्किन्छ ।

बिहीबार राजविराजमा यस्तै भयो । कार्यक्रम थियो राजविराज बसपार्कको उद्घाटन । कार्यक्रमको आयोजक थियो राजविराज नगरपालिका । र, कार्यक्रमको प्रमुख अतिथि थिइन् नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परबिन ।

आश्चर्यको कुरा त के देखियो भने सोही मंचमा जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साह पनि विराजमान थिए । तर, उनी विशिष्ट अतिथिको रुपमा थिए ।

आफैं आयोजक बन्ने र आफैं प्रमुख अतिथि पनि बनेको सम्भवतः यो पहिलो हुन सक्छ । नगर प्रमुख भन्दा पदमा ठूलो रहेको समन्वय समिति प्रमुखलाई विशिष्ट अतिथी बनाएर नगरपालिकाका कावा प्रमुखले पदको मर्यादालाई भताभुँग बनाएको कार्यक्रम स्थलमा चर्चा चल्यो ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले कुनै पनि पदको मर्यादा राख्नुपर्ने बताए । ‘यसरी पदको मर्यादा नराखे सिस्टम भताभुङ हुन्छ’ उनले भने ।

नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अरुण प्रधानले पनि यसमा जोड् दिए । उनले यस्ता कुराहरुमा गम्भीर बन्न सुझाव दिए ।

कार्यक्रम स्थलमा उपस्थित भएकाहरुले नगरका कावा प्रमुख आफैं प्रमुख अतिथी बन्ने जानकारी पाएपनि कार्यक्रममा सहभागी भएर जिल्ला समन्वय समिति प्रमुखले आफ्नो पदको आफैं तिलाञ्जली दिएको बताउन थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
1
+1
4
+1
1
+1
0
+1
0

Related

Previous Post

संचालनमा आयो राजविराज बसपार्क

Next Post

मकै रूँग्न बसेका विष्टको हात्ती आक्रमणले मृत्यु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मकै रूँग्न बसेका विष्टको हात्ती आक्रमणले मृत्यु 

मकै रूँग्न बसेका विष्टको हात्ती आक्रमणले मृत्यु 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

काभ्रेमा भएको सबारी दुर्घटनामा सप्तरीका तीन जना घाइते 

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

पूजा राम मृत भेटिएको गाउँमै अर्की युवतीको हत्या प्रयास

पूजा राम मृत भेटिएको गाउँमै अर्की युवतीको हत्या प्रयास

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.