ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

Loading

राजविराज । प्रमुख प्रशासकीय अधिकृतलाई कार्वाही गरी सरुवा र योजना शाखा प्रमुखलाई कार्वाहीको माग गर्दै राजविराज नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।
यीसहित बिभिन्न ११ बुँदे माग राखेर कर्मचारीहरु नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाई समितिको अगुवाईमा आन्दोलित भएका हुन् ।
बिहीबारदेखि हातमा कालोपट्टी बाँधेर धर्नामा बस्ने जनाएका छन् ।
बिहीबारदेखि सबै वडा कार्यालयमा प्रत्येक दिन कार्यालयको समय अवधीभर कालोपट्टी बाँध्ने तथा प्रत्येक दिन ११ बजेदेखि १ बजेसम्म २ घन्टा पेनडाउन गरी सबै कर्मचारी धर्नामा बस्ने उनीहरुले बताएका छन् ।
२५ गतेसम्म कुनै निष्कर्ष नआए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाई सबै कर्मचारी धर्नामा बस्ने, २८ गतेदेखि असार १ गतेसम्म अतिआवश्यक सेवा बाहेक कार्यालय तथा मातहतका सबै वडा कार्यालयहरुको सम्पूर्ण कामकाज बन्द गरी धर्नामा बस्ने उनीहरुले बताएका छन् ।
त्यस अवधीमा पनि मागहरु पूरा नभएमा बैठक बसी थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने कर्मचारी एशोसिएशन इकाई समितिका अध्यक्ष कल्पना देवले बुझाएको ज्ञापनमा उल्लेख गरिएको छ ।
नगरपालिकामा विगत १५ वर्षदेखि निरन्तर करार सेवामा कार्यरत अधिकृतस्तर छैठौं तहका ईन्जिनियर अशोक कुमार दासको सम्झौता अवधी रहेपनि बिना कारण करार सेवा भंग गरेकाले प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहलाई कार्वाही गरी सरुवा गर्नुपर्ने माग उनीहरुको छ ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाई समिति, राजविराजले बुधबार बिभिन्न निकायलाई ज्ञापन पत्र बुझाउँदै कुनै किसिमको अग्रीम सूचना वा जानकारी बेगर एक्कासी हठात रुपमा चालु आ.व. २०८१।८२ को असार मसान्तसम्मकालागि नगरपालिकाको करार सम्झौता सम्बन्धी निर्णयलाई बेवास्ता गरी नितान्त व्यक्तिगत प्रतिशोध साँध्नका लागि कुलशित मनासायले यो काम गरेको जनाएको छ ।
यस्तै, योजना शाखा प्रमुख मनोज यादवले कार्यालयकै कर्मचारीको भविष्यमाथि बारम्बार खेलवाड गर्ने तथा मानसम्मानमाथि आघात पुर्याउने काम गर्दै आएकाले उनीमाथि कार्वाहीको माग गरिएको छ ।
कानून विपरित सहमति लिई यस कार्यालयमा गैरकानुनी रुपमा हाजिरी गराइएको कर्मचारीलाई कार्यपालिका बैठकको निर्णयबाट फिर्ता गर्ने निर्णय भएको जनाउँदै त्यसलाई कार्यान्वयन गर्न माग गरिएको छ ।
आ.व. २०८०÷८१ मा नगर कार्यपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालयहरुमा काम गरेका ज्यालादारी कामदारहरूको १६ दिनको पारिश्रमिक अविलम्ब भुक्तानी गर्नुपर्ने, नगर कार्यपालिकाको कार्यालयभित्र एक कर्मचारी विभिन्न शाखाको प्रमुख भई कामकाज गरिरहेको अवस्था देखिएको हुँदा एक शाखा, एक शाखा प्रमुखको व्यवस्था गर्नुपर्ने माग ज्ञापनमा गरिएको छ ।
यस्तै, कार्यालयमा कार्यरत करार कर्मचारी र ज्यालादारी कामदारहरूमाथि भइरहेको विभिन्न प्रकारको दमन बन्द गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने, निमित्त प्रमुख प्रशासकीय अधिकृत वरिष्ठतम् कर्मचारीलाई मात्र अधिकार दिने व्यवस्था गर्नुपर्ने, कुनै पनि कर्मचारीको व्यक्तिगत खटनपटन, अवकाश र निलम्बन बारे निर्णय गर्दा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाई समितिको सल्लाह सुझाव लिई मात्र निर्णय गर्ने व्यवस्था गर्नुपर्ने र सम्पूर्ण कर्मचारीहरुलाई दुर्घटना विमाको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
यी मागहरु राख्दै कर्मचारी एशोसिएसनले बिहीबारदेखि हातमा कालोपट्टी बाँधेर धर्नामा बस्ने आन्दोलन घोषणा गरेको छ ।
बिहीबार (आज) देखि सबै वडा कार्यालयमा प्रत्येक दिन कार्यालयको समय अवधीभर कालोपट्टी बाँध्ने तथा प्रत्येक दिन ११ बजेदेखि १ बजेसम्म २ घन्टा पेनडाउन गरी सबै कर्मचारी धर्नामा बस्ने उनीहरुले बताएका छन् ।
२५ गतेसम्म कुनै निष्कर्ष नआए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाई सबै कर्मचारी धर्नामा बस्ने, २८ गतेदेखि असार १ गतेसम्म अतिआवश्यक सेवा बाहेक कार्यालय तथा मातहतका सबै वडा कार्यालयहरुको सम्पूर्ण कामकाज बन्द गरी धर्नामा बस्ने उनीहरुले बताएका छन् ।
त्यस अवधीमा पनि मागहरु पूरा नभएमा बैठक बसी थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने कर्मचारी एशोसिएशन इकाई समितिका अध्यक्ष कल्पना देवले बुझाएको ज्ञापनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पूजा राम मृत भेटिएको गाउँमै अर्की युवतीको हत्या प्रयास

Next Post

सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास

सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास

सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

अभ्यास गर्ने क्रममा सप्तकोसी नदीमा दुई सशस्त्र प्रहरी बेपत्ता

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

डुबेका सशस्त्र प्रहरी खोज्ने क्रममा अर्को ब्यक्तिको शव फेला

सप्तकोशीमा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

सप्तकोशीमा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

सप्तरी : डाँका समूहद्वारा गोली हानी एकको हत्या

सप्तरी : डाँका समूहद्वारा गोली हानी एकको हत्या

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.