ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाहीको माग गर्दै प्रहरीमा निवेदन

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाहीको माग गर्दै प्रहरीमा निवेदन

Loading

राजविराज । एक साताअघि राजविराज नगरपालिकामा ताेडफाेड गर्नेलाई कार्वाहीको माग गर्दै प्रहरीमा निवेदन पुगेको छ ।
नगरपालिकाका कार्यवाहक मेयर इसरत परबिनले तोडफोड गर्नेलाई कार्वाहीको माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी हुन् ।
केही वडा अध्यक्ष र आन्दोलनरत कर्मचारीका साथ जिल्ला प्रहरी कार्यालय पुगेकी उनले प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई निवेदन हस्तान्तरण गरेकी हुन ।
निवेदनमा निलम्बित मेयर भीमराज यादवसहितकालाई विपक्षी बनाइएको छ ।
यादवसहित नगरपालिकाका योजना शाखा प्रमुख मनोज यादव, राजविराज-९ का सुधीर यादव, राजविराज-७ बस्ने गज्जु भनिने गजेन्द्र यादवसहित २०/२५ जनाले सार्वजनिक, भौतिक संरचनाको अनाधिकृत रूपमा विनाश एवं अपराधिक उपद्रवतर्फ अपराध गरेको निवेदनमा जिकिर गरिएको छ ।
नगरपालिकाकै लेटर प्याडमा लेखिएको निवेदनमा ती व्यक्तिहरुले लेखा अधिकृत शत्रुधन लाल दासलाई कुटपिट गरि निजले लगाएको २ तोलाको सुनको सिक्री समेत खोसेको उल्लेख गरिएको छ ।
निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ काे दफा ६ नम्बर बमोजिम अबिलम्ब नियन्त्रणमा लिई कार्वाही गर्न माग गरिएको छ ।
निवेदन बुझ्दै प्रहरी प्रमुख खतिवडाले अध्ययन गरेर प्रक्रिया अगाडि बढाइने बताएको कावा मेयर परबिनले बताइन ।
परबिनले प्रमुख जिल्ला अधिकारी भोला दाहाल समेतलाई निवेदन दिएको बताइन ।
गत २७ जेठमा प्रमुख प्रशासकीय अधिकृतको विवादका कारण झडप र तोडफोड भएको थियो । घरमै बढी बस्ने गरेको र काम नगरेको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको सरुवा गराई कावा मेयर इसरत परबिनले शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएकी थिइन ।
यो जानकारी पाएपछि निलम्बित मेयर भीमराज यादवले नगरपालिकाको कार्यालयमा २५ जेठमा ताला लगाएका थिए ।
यादवले लगाएको ताला तोड्दै परबिन नेतृत्वको जनप्रतिनिधिले निमित्त हाकिम भोगेन्द्र यादवलाई २७ जेठमा हाजिर गराएपछि यादव समर्थकले नगरपालिकामा व्यापक तोडफोड गरेका थिए ।

हेर्नुहोस प्रहरीमा दिइएको निवेदन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बलानबिहुलमा केन्द्रीय विपद व्यवस्थापन समितिबाट ५० लाख बजेट, विपद प्रभावितका लागि प्रयोग गरिने

Next Post

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...