ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा


अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

Loading

दिपेश जोशी
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाले अस्पताल भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई आर्थिक मिलेमतोमा रकम भुक्तानी गरेको खुलेको छ ।
नगरपालिकाको वडा नम्बर १० जमुवामा १५ शैय्याको नगर अस्पताल निर्माणका लागि ठेक्का लिएको एमबी टेक्नो जय शम्भो जेभी कम्पनीले काम लथालिङ्ग पारेपनि नगरपालिकाले गत जेठ पहिलो साता मिलोमतोमा १ करोड २५ लाख भुक्तानी दिएको पाइएको हो ।
अस्पताल निर्माण गर्न यसअघि नै नगरपालिकाले २०८१ साल असार १७ गते निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । भ्याटसहित कुल २३ करोड ९ लाख ७५ हजार ८९५ रुपैयाँमा ठेक्का कबोल गरेको निर्माण कम्पनीले मोविलाइजेसन वापत यसअघि पनि १ करोड ८८ लाख भुक्तानी पाएका थिए । तर, कम्पनीले अहिले खाल्डो खनेर छड ओछ्याउने बाहेक कुनै काम नगरेको र काम अलपत्र पार्दा उक्त फलामे छडमा खिया लागिसकेको अवस्थामा कारबाही बढाउनुको साटो मिलेमतोमा नगरपालिकाले थप १ करोड २५ लाख रुपैयाँ ठेकेदारलाई भुक्तानी दिएका हुन् ।
वडा अध्यक्ष रमाकान्त मण्डलले भुक्तानी दिएको बारे आफूलाई कु्नै जानकारी नभएको बताए । ‘पछिल्लो तीन महिना यता कामै गरेको छैन्’ उनले भने, ‘काम गराउनुपर्ने ठाउँमा नगरपालिकाका कार्यबाहक मेयर अनिता चौधरी र प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार मिलेर भुक्तानी दिएका छन् ।’
अस्पताल भवनको काम शुरु गराउन आफूले पटक–पटक भन्दै आएपनि आफू समेतलाई कुनै जानकारी नदिएको उनको भनाई छ ।
यो भुक्तानी प्रकरणमा नगरपालिकाका कावा मेयर अनिता चौधरीका स्वकीय सचिव अनिल भगतले २५ लाख रुपैयाँ आर्थिक लाभ लिएको दावी गर्दै स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले छानबिनको माग समेत गरेका छन् । उनीहरुले गत ५ असारमा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र बुझाउँदै छानबिन गरी दोषीमाथि कार्वाहीको माग गरेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले निर्माण कम्पनीको पहिलाकै मोविलाइजेसन वापतको रकम बाँकी रहेकाले भुक्तानी दिएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

Next Post

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : दुई मोटरसाइकल ठाेक्किदा दुईको मृत्यु

राजविराज–४ को पुनः मतगणनाको मागबारे परेको मुद्दामा उम्मेदबारका प्रतिनिधीको विवरण झिकाउन आदेश

कंचनरुपको नगरसभाको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश

शम्भुनाथका लागि आइसक्यो २६ गते, नगरसभालाई छलेर बजेट बनाउन चलखेल

शम्भुनाथका लागि आइसक्यो २६ गते, नगरसभालाई छलेर बजेट बनाउन चलखेल

राजगढको बजेट ४९ करोड १५ लाख

राजगढको बजेट ४९ करोड १५ लाख

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.