![]()
राजविराज । सप्तरीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
जिल्लाको हनुमाननगर कंकालिनी न.पा वडा १ भलुवा जाने बाधको भित्रि सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर आज बिहान ५:५० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कंकालिनी मंन्दिरबाट भलुवा तर्फ जाँदै गरेको को १० प ५६२ नम्बर को मो.सा. र बिबरित दिशाबाट आउदै गरेको बा ५५ प ६६३९ नम्बरको मो.सा.एक आपसमा ठक्कर खादाँ दुबैका चालकको मृत्यु भएको हाे ।
बा.५५ प ६६३९ नम्बरको मो.सा.चालक शम्भुनाथ न.पा.वडा नं.११ राजपुर बस्ने अं.बर्ष-१९ को अबिनाश मण्डल र को १० प ५६२ नम्बर मो.सा. चालक कंचनरुप न.पा. १ बैरवा बस्ने बर्ष ३४ का ओम प्रकाश पंजियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मण्डलको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पंजियारकाे विराटनगरमा उपचारका क्रममा ज्यान गएको हो ।
को.१० प ५६२ नम्बरको मोटरसाइकलको पछाडी सबार कंचनरुप १ कै बर्ष ३० को सुभाष महतो घाइते भएका छन् । उनी उपचारपछि डिस्चार्ज भैसकेको र दुर्घटना सम्बन्धमा अन्य अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।












