ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शम्भुनाथका लागि आइसक्यो २६ गते, नगरसभालाई छलेर बजेट बनाउन चलखेल


शम्भुनाथका लागि आइसक्यो २६ गते, नगरसभालाई छलेर बजेट बनाउन चलखेल

Loading

राजविराज । आज कति गते हो ? हामी सबैलाई थाहा छ, ‘असार ९ गते ।’
तर, सप्तरीको शम्भुनाथ नगरपालिकाका लागि अहिले नै असार २६ गते भइसकेको छ । यो नगरपालिकाले असार २६ गतेको बैठक पहिला नै आयोजना गरिसकेको देखिएको छ ।
यो नगरपालिकाले २६ असारमा नगर सभाको बन्द सत्र तय गरेको छ । तर, उक्त मितिको माइन्यूट भने पहिला नै तयार गरेर जनप्रतिनिधी र कर्मचारीले हस्ताक्षर समेत गरेको पाइएको छ ।
यो माइन्यूट ७ असार मै तयार गरिएको छ । ‘आज मिति २०८२ साल असार २६ गते बिहीबारका दिन बिहान ११ः०० बजे यस शम्भुनाथ नगरपालिकाको नगर प्रमु्ख श्री अनिता कुमारी चौधरी ज्यूको अध्यक्षतामा शम्भुनाथ नगरपालिकाको १६ औं नगर सभाको बन्द सत्र पदाधिकारी तथा कर्मचारीको उपस्थितिमा छलफल गर्न निम्न अनुसार उपस्थित भयौं’ माइन्यूटमा भनिएको छ ।
तयार गरिएको माइन्यूटमा कावा नगर प्रमुख अनिता कुमारी चौधरी, सदस्य सचिव समेत रहेका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारको हस्ताक्षर छ ।
यस्तै, वडा नम्बर १ का अध्यक्ष दुर्गानन्द भगत, वडा नम्बर ४ का अध्यक्ष विजय कुमार साह, वडा नम्बर १२ का अध्यक्ष संजय कुमार साह, नगर सभा सदस्य सेबकी देवी सरदार, सजनी देवी सरदारले पहिला नै तयार गरेको माइन्यूटमा हस्ताक्षर गरेका छन् ।
यो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसहित १९ जना कार्यपालिका सदस्य छन् ।
नगरसभालाई छलेर बजेट बनाउने खेल
यो नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएर निलम्बित छन् । तर, उनको सकृयता नगरपालिकामा अहिले पनि व्यापक देखिन्छ । उनले र उनले राखेका स्वकीय सचिव अनिल कुमार भगतको प्रमुख मिलोमतोमा नगर सभालाई छलेर आफ्नो अनुकुलको बजेट राख्न यस किसिमको खेल खेलेका हुन् ।
आफू अनुकुल बजेट बनाउन र मनोमानी गर्न पहिला नै माइन्यूट तयार गरिएको श्रोतको भनाई छ । पहिला नै सबैको हस्ताक्षर गरेर नगरपालिकाका निलम्बित मेयर गुप्ता, कावा मेयर अनिता चौधरी, वडा नम्बर ४ का अध्यक्ष विजय साह, प्रमुख प्रशासकीय अधिकृत सुतिहारले आफ्नो अनुकुलको बजेट ल्याउने तयारी स्वरुप पहिला नै माइन्यूट गरेको नगरपालिका श्रोतले जनाएको छ ।
स्थानीय तह संचालन निर्देशिका अनुसार नगर सभाको उद्घाटन सत्र र बन्द सत्र हुन्छ । यो बीचमा छलफल हुन्छ । नगर र वडाको योजना, बजेटबारे छलफल हुँदै पेश गर्ने गरिन्छ ।
सभाको उद्घाटन असार ७ गते शनिबार राखिएको थियो । यो सत्रमा नीति तथा कार्यक्रम पारित गरेको छ । उद्घाटनमा सबैको उपस्थिति रहेको मौकामा कावा मेयरका सल्लाहकार अनिल भगतको योजना अनुसार बन्द सत्रका निम्ति सबैसँग पहिला नै हस्ताक्षर गराउने प्रयास गरिएको छ ।
‘यसरी पहिला नै सबैले हस्ताक्षर गरिदिँँदा निलम्बित मेयर, कावा मेयर, स्वकीय सचिव एवं प्रमुख प्रशासकीय अधिकृतले आफ्नो अनुकुलको बजेट राख्ने नियत प्रष्ट रुपले देखाए’ उद्घाटन सत्रमा सहभागी एक जनप्रतिनिधीले भने, ‘नगरसभालाई छलेर नीतिगत भ्रष्टाचार गर्ने दाउमा उनीहरु देखापरे ।’
बैठकमा निलम्बित मेयरका निकटतम रहेकाहरुले हस्ताक्षर गरेपनि अन्य कसैले गरेनन् । यस बिषयमा चर्काचर्की नै परेको थियो ।


‘बन्द सत्रमा नगर सभा सदस्यलाई बोलाउनुपर्देन् । निलम्बित र कावा मेयर, सल्लाहकार र प्रमुख प्रशासकीय अधिकृत राखेर बजेट राख्ने योजना बनाएको रहेछ’ ती जनप्रतिनिधीले भने, ‘हामी यो हुनदिनेछैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

कंचनरुपको नगरसभाको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश

Next Post

राजगढको बजेट ४९ करोड १५ लाख

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजगढको बजेट ४९ करोड १५ लाख

राजगढको बजेट ४९ करोड १५ लाख

रुपनी गाउँपालिकाले माछापालन गर्ने किसानलाई अनुदान दिने

रुपनी गाउँपालिकाले माछापालन गर्ने किसानलाई अनुदान दिने

कक्षा १ को अनुमति लिएर ७ सम्म संचालन, बन्द गराइयो माथिल्लो कक्षा

कक्षा १ को अनुमति लिएर ७ सम्म संचालन, बन्द गराइयो माथिल्लो कक्षा

शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

शम्भुनाथको माइन्युट प्रकरण : अख्तियारमा पर्यो उजुरी 

अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दलले समस्या समाधान गर्ने 

अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दलले समस्या समाधान गर्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...