![]()
राजविराज । सप्तरीमा बिना अनुमति संचालन गर्दै आएको एक वटा थप विद्यालयको माथिल्लो कक्षा बन्द गराइएको छ ।
सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर २ राजदेवी चोकमा संचालित कृष्णा एकेडेमी विद्यालयमा संचालित माथिल्लो कक्षाा बन्द गराइएको हो ।
शिक्षा समन्वय इकाई सप्तरीको अगुवाईमा सोमबार गएको अनुगमन टोलीले कक्षा १ को अनुमति लिएर कक्षा ७ सम्म संचालन भएको पाइएपछि माथिल्लो कक्षा बन्द गराइएको हो ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले १९ बैशाखमा अनुमति पाएको भन्दा माथिल्लो कक्षामा भर्ना नगर्न अन्तरिम आदेश दिएपछि बन्द गराउनुपरेको शिक्षा समन्वय इकाईले जनाएको छ ।
अदालतको यस्तो आदेश आएपछि हामीले बन्द गराउन पत्राचार गरेपनि नमान्दा बन्द गराएको उनले बताए ।
आगामी दिनमा अनुमति पाएको भन्दा बढी कक्षा संचालन गरे शिक्षा एन अनुसार कार्वाहीको भागिदार बन्ने भन्दै ती विद्यालय संचालकले सहीछाप समेत गरेका छन् ।












