ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जसपा नेपाल सप्तरीका प्रत्यासी उमेश भन्छन्–आफू विरुद्ध पार्टी भित्रै षडयन्त्र गरियो

जसपा नेपाल सप्तरीका प्रत्यासी उमेश भन्छन्–आफू विरुद्ध पार्टी भित्रै षडयन्त्र गरियो

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको अध्यक्षका प्रत्याशी उमेश प्रसाद यादवले आफूलाई षडयन्त्रपूर्वक हराएको बताएका छन् ।

१८ साउनमा जसपा नेपाल सप्तरीको निर्वाचन हुँदा केदार यादव विजयी भएका छन् भने उमेश यादव पराजित भएका छन् ।

चुनाव भएको झण्डै एक सातापछि उमेशले सामाजिक संजाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । उनले चुनावमा आफूलाई षड्यन्त्रपूर्वक हराएको बताएका छन् ।

उनले आफ्नो ६० वटा मत रद्द गराइएको उल्लेख गरेका छन् । आफ्नै पार्टीको पदाधिकारी चयन गर्न दुई किसिमको नमूना मतपत्र बनाइएको उनले बताएका छन् । ‘एक नमूना मतपत्रले निर्वाचन भयो र विपक्षीलाई अर्काे नमूना मतपत्र दिएर अल्झाइयो । कसैको नामको अगाडि नै खाली ठाउँ राखिएको थियो, जसमा अल्झेर सम्पूर्ण मत रद्द गराउँदै मिशन पूर्ण गराउन खोजियो ।’ उनले फेसबुकमा लेखेका छन् ।

‘जति मतले जितेका छन् त्योभन्दा दोब्बर मत रद्द गराइयो’ उनले भनेका छन्, ‘यो षडयन्त्र नभई के हो ? ६० मत बदर कराएर आफ्नो जीत सुनिश्चित गरी वाहवाही लुटनु कहाँको न्याय हो ?’

२३५ मत ल्याएर केदार यादव निर्वाचित हुँदा उमेशले २०५ मत प्राप्त गरेको थिए । उनी ३० मतले पराजित भएका थिए ।

आफूले आचारसंहिता बैठकमा पटक–पटक आग्रह गर्दा पनि कसैले एक शब्द समेत नसुनेको उनको गुनासो छ । ‘पहिलादेखि नै षडयन्त्रपूर्वक दुई किसिमको मतपत्र प्रयोग गरियो’ उनलेभनेका छन्, ‘सही आफ्नो पक्षमा र गलत विपक्षीका लागि । सामाजिक संजालमा वाहवाही गर्नु राम्रो कुरा हो । तर झुठ बोलेर नभई संयमित रहनुस र संयमिता अपनाउनुस । यसमै पार्टी र सबैको भलाई छ ।’

निर्वाचन स्वच्छ हुनुपर्नेमा पूर्वाग्राही गरिएको उनको आरोप छ । पार्टीमा रहेको आन्तरिक द्वन्द्व कलह अभिमानलाई नै सर्वाेपरी मानिएको उनको भनाई छ । ‘बर्षाैपछि पनि नेतृत्व परिवर्तन हुनुप¥थ्यो जनमानसको भावना यहीं थियो उनले भनेका छन्, ‘तर त्यसको कदर गरिएन् ।’

निर्वाचन भएपनि पक्षधर र पुरानै नेतृत्वलाई नै अग्रपंक्तिमा ल्याउने इच्छा राखेर ठूला–ठूलाको आँखामा धूलो झोकिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
0
+1
0

Related

Previous Post

बसले ठक्कर दिएर लडेका वृद्धकाे घिसारेर लियो ज्यान

Next Post

स्व. देवकाे श्रद्धाञ्जली सभा सम्पन्न, सकलैती भाेजकाे आयोजना 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
स्व. देवकाे श्रद्धाञ्जली सभा सम्पन्न, सकलैती भाेजकाे आयोजना 

स्व. देवकाे श्रद्धाञ्जली सभा सम्पन्न, सकलैती भाेजकाे आयोजना 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

शम्भुनाथमा दुर्घटना : युवकको मृत्यु, दम्पत्ति घाइते

सुनसरी दुर्घटना : सप्तरीका एक मृतकको पहिचान खुल्यो, सप्तरीकै १० जना घाइते

सुनसरी दुर्घटना : सप्तरीका एक मृतकको पहिचान खुल्यो, सप्तरीकै १० जना घाइते

बिटौरी एवं ब्लक जग्गाधनीहरुद्वारा चौथो चरणको आन्दोलन घोषणा

बिटौरी एवं ब्लक जग्गाधनीहरुद्वारा चौथो चरणको आन्दोलन घोषणा

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा अर्काे दुर्घटना : भाउजुको मृत्यु हुँदा देबर भतिजासहित एम्बुलेन्सबाटै फरार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.