![]()
राजविराज । श्रीकृष्णाजन्मष्टमीकाे अवसर पारेर राजविराजमा रथयात्रा निकालिने भएको छ ।
आगामी भदौ १ गते आइतबारका दिन रथयात्रा निकालिने भएको हो । राजविराज ९ स्थित राधाकृष्ण मन्दिर अगाडिबाट रथ यात्रा निकालिनेछ ।
रथयात्रा निकाल्नका निम्ति तयारी अन्तिम चरणमा रहेको आयोजक समितिका अध्यक्ष अनिल यादवले जानकारी दिए ।
भगवान श्री राधाकृष्ण विराजमान रथसहित नगर परिक्रमा गर्ने, त्यस क्रममा स्थानीय कला संस्कृतिसँग सम्बन्धित झाँकी प्रदर्शन गर्ने र राजविराजमा रहेका मठमन्दिरको दर्शन गर्ने कार्यक्रम रहेकोे अध्यक्ष यादवले बताए ।
उनका अनुसार त्यस क्रममा चिरपरिचित मैथिली कलाकारको विशेष प्रस्तुति समेत रहनेछ ।
रथयात्राअघि साउन ३१ गते भगवान श्रीकृष्णको जन्मोत्सव समेत मनाइने कार्यक्रम रहेकोे जनाउँदै आयोजकले यी कार्यक्रममा सहभागी भैदिन हुन सम्पूर्ण सनातनीसँग अनुरोध गरेको छ ।
राजविराजमा गत बर्षदेखि श्रीकृष्णाजन्मष्टमी रथयात्रा निकाल्न शुरु गरिएको हो ।











