ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका राजनीतिक दलको संयुक्त धारणा-घुसपैठ गरी धनजनको क्षति गराएकोप्रति घोर भत्र्सना

सप्तरीका राजनीतिक दलको संयुक्त धारणा-घुसपैठ गरी धनजनको क्षति गराएकोप्रति घोर भत्र्सना

Loading

राजविराज । सप्तरीका राजनीतिक दलका नेताहरूले आन्दोलनको क्रममा घुसपैठ गरी धनजनको क्षति आगजनी लुटपाट भएको कियाकलाप प्रति घोर भत्र्सना गरेको छ ।

दलका नेताहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको हो ।

देशको वर्तमान विषम परिस्थितीलाई मध्य नजर गर्दै सप्तरी जिल्लाका कियाशील राजनितिक दलहरुको संयुक्त बैठक बिहीबार राजविराजमा बसेको हो ।

बैठकले जेन जी उमेर समुहका युवाहरुले पवित्र उदेश्यले गरेको आन्दोलन प्रति उच्च सम्मान प्रकट गर्दै आन्दोलनको कममा ज्यान गुमाएको प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा आन्दोलनको कममा घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै निः शुल्क स्वास्थ्य उपचारको माग गरेको छ ।

जेन जी युवाहरुको आन्दोलनको माग अनुसार वर्तमान सविधान अनुसार राष्ट्रिय राजनितिकको निकास दिन भन्दै उनीहरूले कुनै पनि प्रकारको तानाशाही कियाकलाप प्रतिगमनकारी हर्कत स्वीकार नहुने निर्णय गरेको बताएका छन् ।

वर्तमान राजनितिक निकासको लागि नेपाली सेनाको हेड क्वाटरमा नभई शीतल निवासमा सम्माननीय राष्टपति ज्युको प्रत्यक्ष नेतृत्वमा हुनुपर्ने माग गर्दै नेताहरूले जारी गरेको संयुुक्त विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियता, संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद प्रति प्रतिवद्धता जनाउदै महान जनयुद्ध, एतिहासिक जनआन्दोलन तथा मधेश जनविद्रोहको जगमा प्राप्त संवैधानिक राजनैतिक अधिकारहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको दिशामा आगाडि बढन दृढता व्यक्त गर्ने साथै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ वर्तमान संविधानको रक्षाको लागि हरेक प्रकारको प्रतिगमनको विरुद्धमा सम्पुर्ण युवा विद्यार्थी, राजनितिक दल, पत्रकार, नागरीक समाज, वकिल शिक्षक प्राध्यापक कर्मचारी व्यवसायी मानव अधिकारकर्मी, विभिन्न संघ संस्था लगायत आम जनसमुदाय संयमित भई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न हार्दिक अपिल गर्दछौ ।’

नेपाली कांग्रेसका जिल्ला सचिव सनत कुमार मण्डल, नेकपा एमालेका सचिव देवनाथ यादव, नेकपा माओवादी केन्द्रका सूर्यनाथ यादव र उमेश यादव, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, रास्वपाकाअरुण देव, जनता समाजवादी पार्टी नेपालका जिल्ला उपाध्यक्ष लक्षमण यादव, नेकपा एसका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी, लोसपाका जिल्ला अध्यक्ष सुनिल झाले संयुक्त विज्ञप्ति जारी गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज कारागारबाट कति भागे कैदी ?

Next Post

लुटिएका सामान फिर्ता नगरे कार्वाही गर्ने सप्तरी प्रशासनको चेतावनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

लुटिएका सामान फिर्ता नगरे कार्वाही गर्ने सप्तरी प्रशासनको चेतावनी

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

सप्तरीबाट हटाइयो कफ्र्यु र निषेधाज्ञा

यस पटक खरजितिया, आशिया पार्टी प्यालेशले लगाइदिए महिलाका लागि टेन्ट

यस पटक खरजितिया, आशिया पार्टी प्यालेशले लगाइदिए महिलाका लागि टेन्ट

आगजनीपछि नेपाली कांग्रेस, सप्तरीको कार्यालय संचालनमा

आगजनीपछि नेपाली कांग्रेस, सप्तरीको कार्यालय संचालनमा

संयुक्त लोकतान्त्रिक मोर्चाले कालोपट्टी बाँधेर संविधान दिवसका दिन बिरोध जनाउने

संयुक्त लोकतान्त्रिक मोर्चाले कालोपट्टी बाँधेर संविधान दिवसका दिन बिरोध जनाउने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.