![]()
राजविराज । सप्तरी प्रशासनले जिल्लामा लागू गरेको कफ्र्यु र निषेधाज्ञा हटाएको छ । आज बिहान १० बजेदेखि नै लागू हुने गरी कफ्र्यु र निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।
गत भदौ २४ गते जिल्लास्थित सरकारी कार्यालयमा भएको आगजनी र लुटपाटपछि जिल्लामा कफ्र्यु र निषेधाज्ञा आदेश जारी गरेको थियो ।
कफ्र्यु र निषेधाज्ञा हटाइएसँगै जिल्लाको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ ।












