ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सखडेश्वरी भगवती मन्दिरमा सिसिटिभी मार्फत् प्रहरीले निगरानी राख्ने


सखडेश्वरी भगवती मन्दिरमा सिसिटिभी मार्फत् प्रहरीले निगरानी राख्ने

Loading

राजविराज । देशकै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी भगवती मन्दिरमा सिसिटिभी मार्फत् प्रहरीले निगरानी राख्ने भएको छ ।

मन्दिरको तयारी र सुरक्षाको बिषयलाई लिएर सोमबार बसेको सरोकारबालाहरुको बैठकले यस्तो निर्णय गरेको छ । मन्दिर परिसरमा ३२ वटा सिसिटिभी क्यामेरा लगाइएको र ती सबै क्यामेराको निगरानी नेपाल प्रहरीले गर्नेछ ।

सप्तरी प्रहरीका प्रमुख एसपी गौतम कुमार केसीले प्रहरीले सुरक्षा दिदैं सिसिटिभी मार्फत् निगरानी गर्ने बताए । दशैंको बेला हुने अत्यधिक भिंडभाडका क्रममा अपराधिक घट्ना हुन नदिन प्रहरी चनाखो रहने बताए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सुरक्षामा कुनै कमी हुन नदिने बताए ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले दशैंको तयारी भव्य तरिकाले भइरहेको बताए । उनले दशैंमा नेपालसहित भारतीय दर्शनार्थी समेत अत्यधिक आउने भएकाले सुरक्षा निकायले गम्भीर भएर काम गर्नुपर्ने बताए ।

पूर्व मन्त्री उमेश कुमार यादवले तयारीमा कुनै कमी हुन नदिन मन्दिर समितिसँग आग्रह गर्दै सरसफाईलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरले सम्पूर्ण आवश्यक तयारी तिब्र गतिमा भइरहेको बताए । मन्दिर समितिका कार्यबाहक अध्यक्ष समेत रहेका उनले मन्दिरको चारैतिर शौचालय, खानेपानी जडान भइसकेको भन्दै दर्शनार्थीलाई कुनै समस्या हुन नदिनका लागि आफूहरु तत्पर रहेको बताए ।

बैठकले भीड व्यवस्थापनका ठूलो संख्यामा प्रहरी परिचालन, मन्दिर क्षेत्रलाई सिसिटिभीको निगरानी, आवतजावतमा सहजिकरण गर्ने, सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

हिन्दुहरूको महान चाड दशै शुरु भएसँगै यो मन्दिरमा व्याप्क तयारी थालिएको छ । दशैंमा लाखौंको संख्यामा भक्तजन मन्दिर आउने भएकोले आवतजावतको सुविधादेखि सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिँदै तयारी थालिएको ठाकुरले बताए ।

यो मन्दिरमा विशेषगरी सप्तमी, अष्टमी र नवमीका दिन भक्तजनहरूको अत्याधिक भीड लाग्ने गर्दछ ।

यी तीन दिनमा नेपाल तथा भारतका करिब १० लाख भक्तजन पूजाआजाका लागि छिन्नमस्ता आउने गरेको ठाकुरले बताए । यस पटक यो भीड अझ बढने अनुमान गरिएको छ ।

जिल्ला सदरमुकाम राजविराजबाट आउने बाटो संघ सरकारमार्फत ठेक्का लागेपनि अलपत्र रहेको हुँदा अवस्था जिर्ण रहेको छ । गाउँपालिका अध्यक्ष चौधरीले मन्दिर पुग्ने अन्य बाटो पनि दशैमा सहज बनाउन मर्मत गरिने बताए ।

बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म अत्याधिक भीड हुने भएकाले त्यही अवधिमा भक्तजनलाई बढी सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मन्दिर समितिले भीआइपीलाई बिहान ८ बजेसम्म पास लिएर पूजा सम्पन्न गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो 

Next Post

संसद भवन तोडन दिँदा हुन्थ्यो, नौजवानको जीवन लिनु दुःखद : विश्वप्रकाश शर्मा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
संसद भवन तोडन दिँदा हुन्थ्यो, नौजवानको जीवन लिनु दुःखद : विश्वप्रकाश शर्मा

संसद भवन तोडन दिँदा हुन्थ्यो, नौजवानको जीवन लिनु दुःखद : विश्वप्रकाश शर्मा

खडक नगरपालिकाका प्रमुख चौधरी : आफैं बोक्सी आफैं धामी

मेयरको मनोमानीका कारण खडकका कर्मचारी दशैंमा समेत तलव नपाउने स्थितिमा

देव जातीहरुको अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी अन्तिम चरणमा

देव जातीहरुको अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी अन्तिम चरणमा

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

भागेका कैदीबन्दीलाई देखेमा सूचना दिन सप्तरी प्रहरीको आग्रह

प्रेस युनियन, सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

प्रेस युनियन, सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.