ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

तलव नपाएको भन्दै खडक नपामा शिक्षकले गरे तालाबन्दी, भोलिदेखी पठनपाठन ठप्प गर्ने चेतावनी

तलव नपाएको भन्दै खडक नपामा शिक्षकले गरे तालाबन्दी, भोलिदेखी पठनपाठन ठप्प गर्ने चेतावनी

Loading

राजविराज । दशैं जस्तो चाडमा समेत तलव नदिएको भन्दै शिक्षकहरुले सप्तरीको खडक नगरपालिकामा तालाबन्दी गरेका छन् ।

४ महिनासम्म तलव नदिई भोको पेटले काम गर्न बाध्य बनाएको भन्दै उनीहरुले नगरपालिका कार्यालयको मूल गेटमा ताला लगाएका हुन् । ताला लगाउँदै उनीहरुले पठनपाठन ठप्प गरी बिहीबारदेखि नगरपालिकामै धर्ना दिने बताएका छन् ।

२ असोजमा आफूहरुले तलव, भत्ता माग गर्दै बिरोध गरेपछि सोही दिन बसेको कार्यपालिकाको बैठकले तलव निकासा गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक कारोबार गर्न अख्तियारी दिने निर्णय गरेको शिक्षकहरुले विज्ञप्तीमा बताएका छन् ।

उक्त अख्तियारी नदिएपछि आफूहरु पुनः ७ असोजमा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएको उनीहरुले बताएका छन् ।

भोको पेट र निसासिएको आत्मालाई सम्पूर्ण न्यायप्रेमी अभिभावक, बुद्धिजिवी, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधीले सहयोग गर्ने विश्वास व्यक्त गर्दै शिक्षकहरुले विज्ञप्तीमा भनेका छन् ‘आफूहरुको आन्दोलनबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति खडक नगरपालिका नै जिम्मेबार रहेको स्मरण गराउन चाहन्छौं ।’

संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय, शिक्षा विभान तथा प्रविधी मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई बाेधार्थ राखेर शिक्षकहरुले विज्ञप्ती जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उच्च अदालत राजविराज आजदेखि पूर्ण रुपमा संचालन हुँदै, नियमित मुद्दा पेशी र सुनुवाई २६ गतेवाट हुने

Next Post

राजविराज बसपार्कबाट सबारी साधन संचालन गरिने निर्णय 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज बसपार्कबाट सबारी साधन संचालन गरिने निर्णय 

राजविराज बसपार्कबाट सबारी साधन संचालन गरिने निर्णय 

जेनजी युवाहरुले बुझाए ज्ञापन, बन्द गराइयो मेला

जेनजी युवाहरुले बुझाए ज्ञापन, बन्द गराइयो मेला

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : पत्रकार भन्दै प्रहरीलाई गालीगलौज गर्ने व्यक्ति पक्राउ

अपराधीको मनोदशा : प्रहरी हिरासतबाट भाग्ने, पुनः अपराध कर्ममै लाग्ने

अपराधीको मनोदशा : प्रहरी हिरासतबाट भाग्ने, पुनः अपराध कर्ममै लाग्ने

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

सप्तरी : वृद्ध पुजारीको गोली हानी हत्या

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.