ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अपराधीको मनोदशा : प्रहरी हिरासतबाट भाग्ने, पुनः अपराध कर्ममै लाग्ने


अपराधीको मनोदशा : प्रहरी हिरासतबाट भाग्ने, पुनः अपराध कर्ममै लाग्ने

Loading

राजविराज । समय : २७ असोजको बिहान ३ः३० बजे ।

स्थान : सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजार ।

सबै मस्त निन्द्रामा सुतिरहेका थिए । स्थानीय रजनीश यादव ट्रक लिएर निस्किने क्रममा थिए । त्यहीं बेला उनको नजर छिमेकी बिनय भगतको घर अगाडि पर्‍यो । जहाँ भगतको स्करपियो चोरीको प्रयास भइरहेको थियो ।

भगतले आफ्‌नो घर अगाडि पार्किङ्ग गरेका स. १ च ७१३ नम्बरको स्करपियो गाडी चोरीको प्रयास भइरहेको थियो ।

स्करपिओको झ्यालको सीसा फुटाएर त्यसभित्र राखिएको चावी निकाली व्याट्री डाउन रहेको स्करपिओलाई स्टार्ट गर्न नजिकै राखिएको पिकअप गाडीको व्याट्री खोलेर त्यसमा लगाएर स्टार्ट गर्न खोजिएको थियो ।

दुई जना युवा मिलेर स्करपियो चोर्न खोजेको देखेपछि उनले हल्ला गरे । लगत्तै अन्य स्थानीयहरु जम्मा भए र चोर्न खोजेका दुबै युवालाई नियन्त्रणमा लिए ।

नियन्त्रणमा लिएका युवालाई स्थानीयले इलाका प्रहरी कार्यालय रुपनीमा बुझाए ।

पक्राउ पर्ने हुन्‌–सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर ४ बस्ने २५ बर्षीय अमन यादव र निजकै भाई २१ बर्षीय सुमन यादव ।

यी दुई जना पक्राउ परेपछि प्रहरीले अनुसन्धान शुरु गर्‍यो । त्यस क्रममा पत्ता लाग्यो अमन यसअघि प्रहरी हिरासतबाट भागेका थुनुवा हुन् ।

सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले अमन लागूऔषध ब्राउन सुगर मुद्दामा पक्राउ परी प्रहरी बृत्त काठमाडौंको हिरासतमा अनुसन्धानका लागि थुनामा राखिएका थिए ।

उनी जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी हिरासत कक्षबाट भागेका थिए ।

प्रहरी हिरासतबाट भागेका उनी पुनः अपराध कर्ममै लागेका थिए । तर, सप्तरीमा स्करपियो गाडी चोदै गर्दा पक्राउ परे ।

यो घट्नाले प्रहरी हिरासत र कारागारबाट भागेकाहरु अपराध कर्ममा लागेको देखिन्छ । सप्तरी प्रहरीले यस्ता व्यक्तिहरु कहीं कतै देखेको भए तत्काल जानकारी गराउन सबैसँग अनुरोध गरेको छ ।

सप्तरी प्रहरीका प्रमुख एसपी गौतम केसीले यस्ता व्यक्तिबिरुद्ध प्रहरीले सुक्ष्म तरिकाले निगरानी बढाएको बताउँछन् । ‘यसमा प्रहरीले निगरानी बढाएका छन्‌’ उनले भने, ‘हामी चनाखो छौं । यस्तालाई कहींकतै देखेमा सूचना उपलब्ध गराउन पनि आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : पत्रकार भन्दै प्रहरीलाई गालीगलौज गर्ने व्यक्ति पक्राउ

Next Post

सप्तरी : वृद्ध पुजारीको गोली हानी हत्या

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

सप्तरी : वृद्ध पुजारीको गोली हानी हत्या

चित्रगुप्त हाथको कलम एक लाखमा बिक्री, विद्यार्थीलाई छात्रवृत्ति 

चित्रगुप्त हाथको कलम एक लाखमा बिक्री, विद्यार्थीलाई छात्रवृत्ति 

छठ पूजामा सकरपुरामा मेला लाग्ने, साँस्कृतिक कार्यक्रम हुने

छठ पूजामा सकरपुरामा मेला लाग्ने, साँस्कृतिक कार्यक्रम हुने

संसद पुनःस्थापना गरी चुनावमा जाँदा उपयुक्त हुन्छ : डा. सिके राउत

संसद पुनःस्थापना गरी चुनावमा जाँदा उपयुक्त हुन्छ : डा. सिके राउत

ज्ञापनको सुनुवाई नगरेको भन्दै बिष्णुपुरमा युवा तथा बालबालिकाको प्रदर्शन

ज्ञापनको सुनुवाई नगरेको भन्दै बिष्णुपुरमा युवा तथा बालबालिकाको प्रदर्शन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.