![]()
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका बालविवाहमुक्त पालिका घोषणा भएको छ ।
बुधबार आयोजित एक कार्यक्रमकाबीच पालिकालाई बालविवाहमुक्त घोषणा गरिएको हो । कार्यक्रममा पालिका अध्यक्ष अरुण मण्डलले बालविवाहमुक्त घोषणा गरे ।
बालविवाह सम्बन्धी सबै सूचक पूरा भएपछि घोषणा गरिएको उनले बताए । बालविवाहलाई न्यूनीकरण गर्दै समाजलाई स्वस्थ्य र सुरक्षित बनाउने उद्देश्यका यो घोषणा गरिएको बताउँदै यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममका वक्ताहरुले बाल अधिकार सुनिश्चित गर्न बालविवाह अन्त्य अत्यावश्यक भएको उल्लेख गर्दै यस घोषणाले समाजमा सकारात्मक सन्देश पुर्याउने विश्वास व्यक्त गरे ।
बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने, समुदायमा सचेतना फैलाउने र कानुनी व्यवस्था कार्यान्वयनमा सशक्त भुमिका निर्वाह गर्न सबै क्षेत्र सहकार्यमा जुट्नुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रम मार्फत बालविवाह विरुद्ध सामुदायिक प्रतिवद्धता सार्वजनिक गरियो भने विद्यालय, अभिभवाक, महिला समूह तथा युवा समुहले बालविाह हुन नदिन सक्रिय भुमिकामा रहने संकल्प समेत गरेका छन् ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न संघ संस्था, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।












