![]()
राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झालाई मातृशोक परेको छ ।
झाका आमा चन्द्रादेवी झाको मंगलबार साँझ निधन भएको हो । ९५ बर्षको उमेरमा उनको आफ्नै घर राजविराज ७ स्थित घरमा निधन भएको हो ।
पछिल्लो समय बिरामी रहँदै आएकी झाकी आमाको मंगलबार एक्कासी निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
यसैबीच निधन भएका झाकी आमाप्रति नेपाल पत्रकार महासंघ, सप्तरीले दुःख व्यक्त गरेको छ ।
महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले निधन भएका चन्द्रादेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।












