ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कंचनरुप नपा : ‘बैठकको हुन्छ आह्‌वान, उप प्रमुखले अदालतमा हाल्छिन् मुद्दा’

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

Loading

राजविराज । चालू आर्थिक बर्षको ६ महिना बित्न लाग्दा पनि विवादको भूमरीमा परेर कुनै काम गर्न नसकेको पालिका सप्तरीको कंचनरुप बनेको छ । यो पालिकामा नगर प्रमुख र उप प्रमुखबीचको विवादले हालसम्म पनि सभा हुन सकेको छैन ।

नगर सभा हुन नसक्दा शिक्षक, स्वास्थ्यकर्मीसहित सम्पूर्ण कर्मचारी तलव, भत्ता पाउन सकेका छैनन् भने अन्य सबै कामहरु पनि अघि बढ्न नसकेको स्थिति छ ।

नगर प्रमुख ललन प्रसाद गुप्ता र उप प्रमुख मुना कुमारी पोखरेलबीचको विवाद उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेस पार्टीबाट निर्वाचित दुबै जनाबीच शुरुदेखि नै विवाद रहँदै आएकोमा पछिल्लो पटक झनै बढेको छ । जसका कारण चालू आ.ब.को सभा हालसम्म पनि हुन सकेको छैन् ।

सभा नभएर तलव नपाउँदा शिक्षकसहितका कर्मचारी पटक–पटक आन्दोलनमा उत्रिएका छन् । तर, आश्वासनबाहेक केही पनि पाउन सकेका छैनन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत कुमार झाले पटक–पटक नगरसभा गराउन नगर प्रमुख र उपप्रमुखबीच आवश्यक समन्वय गर्न अधिकतम लचकताका साथ प्रयास गर्दा पनि सफलता हात नलागेको बताए । ‘समन्वय गर्ने क्रममा नगर उपप्रमुखज्यूले मान्नुभएको छैन र नगर सभाको लागि वैठकहरु गर्न खोज्दा पनि उप प्रमुखज्यूले पटक–पटक सम्मानित उच्च अदालत राजविराजमा मुद्दा दिदैं आउनुभएको छ ।’

झाले सम्मानित उच्च अदालतबाट पनि नगरकार्यपालिका बैठकमाथि समेत रोक लाग्ने गरेको बताए । यस्तो अवस्थामा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधीज्यूहरु मिलेर जनता र कर्मचारीहरुप्रति जिम्मेवारी वोध गर्दै एकजुट भई नगर सभा गराउने वाहेक निकासको अर्को बाटो छैन’ प्रमुख प्रशासकीय अधिकृत झाले लिखित रुपमा भनेका छन् ।

झाले शुक्रबार सार्वजनिक गरेको पत्रमा नगरपालिकाका नगर प्रमुख र कर्मचारी, शिक्षकहरुकोबीचमा तलव भत्ता सम्बन्धमा २४ मंसिरमा भएको सम्झौता वमोजिम तलव भता दिन नगर सभा वाहेक वा विनियोजन विधयेक विचाराधीन रहेको अवस्थामा वाहेक अरु कुनै पनि विकल्पबाट नमिल्ने देखिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सञ्चित कोषबाट तलब दिंदा विभिन्न निकायबाट मौखिक सल्लाह वमोजिम अनियमित हुने देखिएकोले संचित कोषबाट तलब निकासा गर्न सकिने अवस्था छैन् ।’

उनले वैधानिक तरिकाबाट नगर सभाबाट बजेट स्विकृती पश्चात तलब निकासा गर्न पछि नहट्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उच्च बार राजविराजमा पुस्तकालय स्थापना, बिभिन्न व्यक्तिलाई सम्मान

Next Post

नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश जसपा नेपालमा गरे प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश जसपा नेपालमा गरे प्रवेश

नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश जसपा नेपालमा गरे प्रवेश

सप्तरीबाट रञ्जित कर्ण राष्ट्रिय सभाका उम्मेदबार

सप्तरीबाट रञ्जित कर्ण राष्ट्रिय सभाका उम्मेदबार

अस्पतालमा पुनः संचालनमा आएको एचडियू र एनआइसियू सेवा के हो ?

अस्पतालमा पुनः संचालनमा आएको एचडियू र एनआइसियू सेवा के हो ?

जसपा नेपालद्वारा सप्तरी-३ बाट राष्ट्रिय अध्यक्ष र पार्टी प्रवेश गरेका उमेशसहित ८ जनाको नाम सिफारिस 

जसपा नेपालद्वारा सप्तरी-३ बाट राष्ट्रिय अध्यक्ष र पार्टी प्रवेश गरेका उमेशसहित ८ जनाको नाम सिफारिस 

सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल बितरण

सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल बितरण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.