ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अस्पतालमा पुनः संचालनमा आएको एचडियू र एनआइसियू सेवा के हो ?

अस्पतालमा पुनः संचालनमा आएको एचडियू र एनआइसियू सेवा के हो ?

Loading

राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हाई डिपेन्डेन्सी यूनिट (एचडियु) र नवजात शिशुको सघन हेरचाह गर्ने एकाई (एनआइसियू) पुनः सुचारु भएको छ ।

अस्पतालले बुधबार पूजापाठ गरी यो दुबै एकाईको पुनः शुरुवात गरेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेश मिश्रसहितका चिकित्सकले पूजापाठ गरी दुबै एकाईको शुरुवात गरेका छन् ।

मेडिकल सुपरिटेन्डेन्ट डा. मिश्रले भएकै जनशक्तिले यो दुबै सेवा संचालन गरिने बताए । ‘यहाँ आएका बिरामीलाई बाहिर रेफर गर्नु नपरोस् र यहीं उपचार होस् भन्ने हेतुले यो सुवा पुनः संचालन गरेका छौं’ उनले भने, ‘यसबाट यहाँ आउने बिरामीले लाभ लिनेमा विश्वस्त छौं ।’

अस्पतालमा एचडियूको १२ वटा र एनआइसियूको ४ वटा बेड रहेको छ । एनआइसियू सेवा निःशुल्क प्रदान हुनेछ भने एचडियूमा भर्ना हुने बिरामीलाई दैनिक रु २ हजार तिर्नुपर्ने हुन्छ ।

यसअघि पनि एचिडियुको शुल्क यहीं थियो ।

कोरोनाकालमा स्थापना भएको यो दुबै युनिट माघ २०८१ बाट बन्द भएको थियो । जनशक्तिकै अभावमा बन्द भएको यो दुबै युनिटलाई अब बन्द नहुने किसिमले संचालन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. मिश्रले बताए ।

कस्ता बिरामीलाई राखिन्छ एचडियूमा ?

एचडियू युनिट आइसियू र जेनरल वार्डको बीचको युनिट हो । यहाँ सिकिस्त बिरामीलाई राख्ने गरिन्छ ।

जुन बिरामीलाई लगातार मोनिटिरिंग चाहिन्छ, जुन बिरामीलाई अक्सिजन, बिपी बढाउने ड्रप्सहरु दिनुपर्ने हुन्छ त्यस्ता बिरामीलाई यहाँ राखेर उपचार गर्‍छौं’ चिकित्सक डा. अरुण साह बताउँछन् ।

यस्ता बिरामीलाई लगातार चेक गरिराख्नुपर्ने भएकाले एचडियूमा राखेर नियमित चेकजाँच गर्ने गरिएको उनी बताउँछन् ।

‘आयसियू माथिल्लो युनिट हो र जेनरल तल्लो युनिट हो’ उनी भन्छन्, ‘यो दुई युनिटबीचको अवस्थाका बिरामीलाई यहाँ राखेर उच्च निगरानीमा उपचार हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीबाट रञ्जित कर्ण राष्ट्रिय सभाका उम्मेदबार

Next Post

जसपा नेपालद्वारा सप्तरी-३ बाट राष्ट्रिय अध्यक्ष र पार्टी प्रवेश गरेका उमेशसहित ८ जनाको नाम सिफारिस 

सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल बितरण

सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल बितरण

सप्तरीमा तीन पार्टीले संयुक्त रुपमा बनायो निर्वाचन लक्षित कार्यदल

सप्तरीमा तीन पार्टीले संयुक्त रुपमा बनायो निर्वाचन लक्षित कार्यदल

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान : वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान : वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा

सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सप्तरी आइपुग्यो

सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सप्तरी आइपुग्यो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.