![]()
राजविराज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उम्मेदबारी दिएको अधिकांस ठाउँमा आफ्नो पार्टी जित्ने दावी गरेका छन् ।
राजविराजमा शुक्रबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिसिङले यस्तो दावी गरेका हुन् ।
१६५ निर्वाचन क्षेत्रमध्ये १२१ ठाउँमा आफ्नो पार्टीले उम्मेदबारी दिएको जनाउँदै उनले तीमध्ये अधिकांस ठाउँमा जीत हुने घिसिङले बताए ।
पूर्व मन्त्री समेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शैली दिर्घकालिन नभएको बताए । ‘जुन हिसाबले उहाँहरु लाग्नुभएको छ त्यो दिर्घकालिन होइन्’ उनले भने ।
‘रास्वपासँग एकीकरण नगरी केही समय अघि पार्टी खोलेर आएको भए आफ्नो पार्टी अझ अगाडि बढ्थ्यो’ उनले भने, ‘जनताले हामीलाई माया गर्छ भन्ने विश्वास छ ।’
कुनै शर्त बिना सबै त्यागेर हामी नेपाली जनताको भावना बमोजिम एउटा नयाँ शक्ति बनोस् भन्ने लाइनमा रास्वपासँग मिल्न गएको भएपनि कार्यान्वयन चरणमा समस्या उत्पन्न भएको उनले बताए ।












