ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा


सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

Loading

संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएकी उनकै छोरी रुबेदा खातुन ९ बर्षमै रिहा भएकी छन् । जन्मकैदको सजाय पाएकी मृतककी पत्नी नुरजहाँ भने २०७४ सालमै थुनामुक्त भइसकेकी छन् ।
६ जेठ २०७० को राति सभासद् हक सुतेको तत्कालिन कल्याणपुर गाविस २ स्थित आफ्नै पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको थियो ।
५५ वर्षीय हकको हत्या योजनाकार छोरी रुबेदालाई २३ जेठ र नुरजहाँलाई २४ जेठ २०७० मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले पक्राउ गरेको थियो ।
२० असार २०७३ मा जिल्ला अदालत, सप्तरीले दुबैलाई जन्मकैदको फैसला गरेको थियो ।
जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ बर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको थियो ।
अदालतले जन्मकैदको फैसला गरेपनि रुबेदा ९ बर्षमै रिहा भएकी छन् । संविधान दिवसको अवसरमा मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले दिएका आममाफी पाउनेमध्येका रुबेदा पनि हुन् । राजविराज कारागारमा रहेकी उनलाई सोमबार रिहा गरिएको छ ।
जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएकी रुबेदाकी आमा नुरजहाँ भने २० साउन २०७४ मै थुनामुक्त भइसकेकी छन् । जिल्ला अदालतको फैसलालाई आंशिक रुपमा उच्च अदालत राजविराजको इजलासले आंशिक रुपमा उल्टाएपछि उनी थुनामुक्त भएकी थिइन् ।
सभासद् हकको हत्याका मुख्य योजनाकार भारतीय नागरिक ३९ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३४ वर्षीय एनुल शेख थिए । जमिरुल लहान नगरपालिका ५ मा बस्दै झाडफुकको काम गर्दै आएका थिए । उनी रुबेदाकी प्रेमी पनि थिए ।
रुबेदा र जमिरुलको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहेपनि पूर्व सभासद् एवम् रुबेदाका बुबा हकको असहमतिमा २०६९ फागुनमा रौतहटमा गई विवाह गरेको र सो विवाहलाई हकले अस्वीकार गर्दै आएका थिए । आफ्नो प्रेममा बाधक बनेको भन्दै रुबेदाले आमा नुरजहाँ समेतको सहमतिमा योजना बनाई प्रेमी जमिरुल मार्फत हत्या गराएकी थिइन् ।
६ जेठ २०७० को राति हकको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । हक २८ चैत २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सप्तरीको तत्कालिन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदबारी दिएर निर्वाचित भएका थिए ।
राजविराज कारागारका प्रमुख किशोर रामले रुबेदासहित १७ जना कैदमुक्त भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

संविधानप्रति जसपा र लोसपाको बिरोध

Next Post

कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

पानीमा उतानो परेको अवस्थामा युवकको शव फेला

पानीमा उतानो परेको अवस्थामा युवकको शव फेला

बलान बिहुलका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजार जरिवाना 

एमाले अध्यक्ष ओली सप्तरी आउँदै

एमाले अध्यक्ष ओली सप्तरी आउँदै

राष्ट्रपतिको पुत्ला जलाउने क्रममा राजविराजमा प्रहरी–लोसपाका नेता–कार्यकर्ताबीच घम्साघम्सी

राष्ट्रपतिको पुत्ला जलाउने क्रममा राजविराजमा प्रहरी–लोसपाका नेता–कार्यकर्ताबीच घम्साघम्सी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.