ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘एआई’ ले सन् २०३० अगाडि आणविक युद्धजस्तै विनाश ल्याउन सक्ने विज्ञको चेतावनी


‘एआई’ ले सन् २०३० अगाडि आणविक युद्धजस्तै विनाश ल्याउन सक्ने विज्ञको चेतावनी

Loading

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले संसार परिवर्तन गरेको छ। दैनिक जीवनदेखि लिएर हरेक क्षेत्रमा यसको प्रयोग भइरहेको छ। यद्यपि धेरै विज्ञहरू यसले विनाश पनि ल्याउन सक्छ भनेर डराउँछन्।

विश्वभरका एक तिहाइभन्दा बढी एआई अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता प्रणालीद्वारा लिइएका ‘गलत’ निर्णयहरूले यस शताब्दीमा ‘आणविक युद्ध’ जस्तो विनाश निम्त्याउन सक्ने बताएका छन्। न्यूयोर्क युनिभर्सिटीको सेन्टर फर डाटा साइन्समा जुलियन माइकलद्वारा गरिएको एआई विज्ञहरूको सर्वेक्षणले एआईले २०३० भन्दा अगाडि ठूलो प्रकोप निम्त्याउन सक्ने देखाएको छ। यसमा ३६ प्रतिशत एआई विशेषज्ञहरूले विश्वास गर्छन्।

डेली स्टारको रिपोर्टका अनुसार एआईले हाम्रो घरदेखि कारसम्म आफ्नो बाटो बनाएको छ। अमेजन एलेक्सा वा हाम्रो स्मार्टफोन, ड्रोनहरू वा आंशिक रूपमा वा पूर्ण रूपमा निर्मित स्व-ड्राइभिङ कारहरू। यी सबै एआईद्वारा संचालित छन्। गुगलले यस्तो एआई असिस्‍टेन्टमा काम गरिरहेको छ जसले तपाईंको तर्फबाट फोन कल गर्न सक्छ। यसमा तपाईको शैलीमा कुरा गर्ने क्षमता हुन सक्छ।

यसका साथै, एआई अत्याधुनिक सैन्य प्रणालीहरूमा पनि प्रयोग भइरहेको छ। एआई नियन्त्रित हतियार भएका ड्रोनले छिट्टै आफ्नो लक्ष्यमा प्रहार गर्न सक्ने एक वरिष्ठ अमेरिकी सैन्य विशेषज्ञले चेतावनी दिएका छन्। तिनीहरू यति छिटो र एडभान्स हुनेछन् कि मानिसहरू तिनीहरूसँग लड्न सक्षम हुनेछैनन्।

अमेरिकी सेनाको फ्युचर्स कमाण्डका प्रमुख जनरल जोन मुरेले भने, “एआईले सुसज्जित त्यस्ता ड्रोनहरूको झुण्डले मानिसहरूलाई उनीहरूको अगाडि टिक्नसमेत अनुमति दिनेछ भन्ने मलाई आशा छैन।”

तर के हुन्छ यदि यो प्रणालीले गलत रूपमा काम गर्न थाल्छ। यस अवस्थामा, एआई आधारित फोन कलले पनि गलत परिणाम ल्याउन सक्छ। विज्ञ नीना सिकले डेली स्टारलाई बताएअनुसार आगामी दिनमा लड्ने युद्धहरूमा जहाज, विमान र ट्याङ्कको भूमिका रहनेछ तर यी अझ धेरै एआईद्वारा संचालित हुनेछन्।

अक्टोबर २०१८ मा, चिनियाँ रक्षा फर्म नोरिन्कोका वरिष्ठ कार्यकारी जेङ यीले भनेका थिए कि “मानिसहरू भविष्यमा युद्धको मैदानमा लड्ने छैनन्” र युद्धमा घातक अटोनोमस हतियारहरू प्रयोग गरिनेछन्।” अर्थात्, आगामी युद्धहरू एआईद्वारा संचालित हुनेछन्। तर, यसको नतिजा कति घातक हुनसक्छ भन्ने चिन्ता व्यक्त गरिएको छ।

खगोलविद् रोयल लर्ड रिसले यो मानवजातिको ‘पृथ्वीमा अन्तिम शताब्दी’ हुनसक्ने चेतावनी समेत दिएका छन्। अर्को सहस्राब्दीमा मानवजातिलाई कृत्रिम बौद्धिक सुपर रोबोटले प्रतिस्थापन गर्ने उनको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सोशल मिडियाबाट एक हप्ता ब्रेक लिनुस्, डिप्रेसन र चिन्ताका लक्षणहरूलाई कम गर्नुस्

Next Post

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

टिकट नपाएपछि एमाले नेता प्याकुरेलले भने-नेतृत्ववर्गको निर्णय गर्ने क्षमतामा ह्रास आइसक्याे

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी धनुषा लाई

माओवादीका नेता महेश जनमतमा प्रवेश

माओवादीका नेता महेश जनमतमा प्रवेश

प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.