कंचनरुप । सप्तरीको कंचनरुप नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि पहलकदमी लिएको छ । नगरपालिकाले लामखुट्टृे नियन्त्रणका लागि मंगलबारबाट विषादी छर्कने काम शुरु गरेको छ ।
नगरपालिकाको वडा नम्बर ८ बाट बिषादी छर्कने काम शुरु भएको छ । यो कामको नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले उद्घाटन गरेका छन् ।
‘नगरपालिकामा लामखुट्टको प्रकोप बढ्दै जाँदा यसलाई नियन्त्रणका लागि प्रयास थालेको हुँ’ मेयर गुप्ताले भने, ‘नगरपालिकाको सबै ठाउँमा विषादी छर्किने काम हुन्छ ।’
मेयर गुप्ताका अनुसार विषादी छर्कनका लागि कर्मचारीलाई खटाइएको छ ।