मधेश सम्वाददाता
राजविराज, १५ बैशाख ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सप्तरीको एउटा पालिकामा बुवा–छोरा र श्रीमान–श्रीमतीले एउटै पदमा उम्मेदबारी दिएका छन् ।
नगरपालिकाको वडा नम्बर ५ बाट श्रीमान्ले नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेदबारी दिँदा श्रीमतीले त्यहीं पदमा स्वतन्त्र उम्मेदबारी दिएका छन् । वडा नम्बर १२ मा बुवाले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा उम्मेदबारी दिँदा उनकै छोराले सोही पदमा स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
वडा नम्बर ५ मा देबकिसुन महतोले नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका छन् । महतोकै पत्नी बिमलादेवी कोइरी कुसवाहाले स्वतन्त्र उम्मेदबारी दिएकी छन् ।
वडा नम्बर १२ का जगदशी गोस्वामीले नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका छन् । उनका छोरा अजयले भने स्वतन्त्रबाट सोही पदमा उम्मेदबारी दिएका हुन् ।