मधेश सम्वाददाता
राजविराज, १५ बैशाख ।
आगामी बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।
निर्वाचन आयोगले अगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर लगातार चार दिन सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरिसकेको छ ।
चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ ।
सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा नै हुनेछ ।
यस्तै, २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।
यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न आउने २८ र २९ गते विद्यालयको उपयोग गर्नुपर्ने आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ ।