नेपाली काँग्रेस राजविराजले बागी उमेदवारहरुलाई कार्वाही गर्ने भएको छ ।
पार्टीको नीति विपरित स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई दुई दिन भित्र कारवाही गर्ने भएको हो ।
काँग्रेसको राजविराज जनपरिचालन समितिले शनिबार आयोजना गरेको नगरपालिकाका १६ वटै वडाका उम्मेदवारहरुको भेलामा उनीहरुले बागी उमेदवारहरुलाई अविलम्ब पार्टीबाट निष्काशन गर्ने माग गरे ।
केन्द्रिय सदस्य दिनेश कुमार यादवको उपस्थितमा भएको भेलामा काँग्रेस जनपरिचालन समिति राजविराजका अध्यक्ष ध्रुव देवले दुई दिन भित्र कारबाही गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । ’हामी सबै बागी तथा अन्य दलको टिकटमा मनोनयन दर्ता गराएकाहरुको सुची तायार पार्दै छौं, दुई दिन भित्र कारवाही हुन्छ’ देवले भने ।