सिके राउत नेतृत्वका जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका लागि उम्मेदवारी दिएका अनिता साहले १५ बुँदे घोषणापत्र सार्वजनिक गरेकी छन् ।
जनकपुरधाममा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी साहले आफू विजयी भएमा जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध रहने र विकास गरेर देखाउन दावी गरेकी छन् ।
उनले घोषणा पत्रमा जनकपुरधामको फोहर मैलाको व्यवस्थापन गर्ने, सार्वजनिक गुठी तथा मठमन्दिरको जग्गा÷सम्पति संरक्षण गर्ने, आन्तरिक राजस्व चुहावटको रोकथाम, आयको वृद्धि सुनिश्चित, आँगनमा नगरपाकिला मोवाइलबाट काम गर्ने गराउने, भ्रष्टाचार सफाई, घुस लिनेलाई कारवाही, जनकपुरवासीको स्वस्थ्य नगरको जिम्मेवारी, फ्री वाईफाई तथा सीसीटीवी जोनको स्थापना, घर घर रोजगारी, विदेशबाट फर्किदा स्वागतको तयारी, जल निकासको व्यवस्थापन र कृषि क्षेत्रमा क्रान्तिको काम गर्ने बताएकी छन् ।