मधेश प्रदेशस्थित धनुषा जिल्लाको नेपाली कांग्रेस धनुषा जिल्लाको पुर्व जिल्ला सह–सचीव,महासमिति सदस्य एवं वर्तमान ने.का. क्षेत्रीय प्रतिनिधि नरेश यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।
नेता यादवलाई लोसपाका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य तथा पूर्व मन्त्री उमाशंकर अरगरियाले सबै जनालाई आईतबार दिउँसो करिब २ः०० बजे पार्टी प्रवेश गराएका हुन् । नरेश यादव, जितन यादव संगै कांग्रेसका दर्जनौं नेता लोसपामा प्रवेश गरेका छन् ।
धनुषाको जनकपुरधाम सत्ता गठबन्धनले गरेको भागबन्डामा जसपाको भागमा परेपछि नेपाली कांग्रेसका धेरै नेता असन्तुष्ट बनेका छन् ।